जसले नक्कली बिहे गराएको नाटक गरे, उसले नै नाबालक नेकपाको घॉटी निमोठेर मारी दाहसंस्कार गराएको मात्र हो । यो स्वभाविक विजातीय राजनीतिको परिणति हो ।
नेपालको राजनीति र नेताहरूको भनेको थुकेको थुक चाट्ने, अरूले छुक चाट् भने चाट्ने र आकाश तर्फ फर्केर थुक्ने हुदै आएको छ । स्वेच्छाले थुक्न नपाउने निल्ने संस्कारमा राजनीति दिक्षित हुँदै यहॉ पुगेको हो ।
हिजो संसद विघटन गरेर आफैलाई मार्ने ९३ जना सांसदले हत्यारालाई नै विश्वासको मत हाल्न अभिषप्त भए ।
हिजो प्रम ओलीमाथि विश्वास छैन भनेर बहुमत संसदले मत पनि हाले । अब तिनै बहुमत सांसद र नेताहरूले संसदको हत्यारा र संसदको विश्वास छैन भनेर विपक्षमा मत हालिएका उनै नेता अल्पमतीय नवनियुक्त प्रम ओलीलाई कसरी कुन मुखले विश्वासको मत दिने होलान् ? सांसदहरूले आफैले वाश बेसिनमा थुकेको थुक चाट्छन् कि चाट्दैनन् त्यो पनि अब हेर्न पाईने छ ।
प्रधानमन्त्रीले संसद भंग गर्न पाउदैनन्, त्यो अधिकार संविधानमा छैन । संसदबाट प्रम बन्न नसके वा अल्पमतको प्रमलाई विश्वासको मत नदिए संसद स्वतः विघटन भएर चुनावमा जानपर्ने हो ।
त्यसैले थुकेको चाटेर अब कि प्रम ओलीलाई विश्वासको मत देउ कि स्वतः संसद विघटन भएर ६ महिनाभित्र चुनावमा जाउ भन्ने विकल्प बॉकी छ । तर, कोरोनाको महाकहरले चुनावमा जानबाट टाङ अडाउन सक्छ । त्यसैले कि संविधान संसोधन गर कि संकटकाल लगाउ विकल्प मात्र देखिदै छ ।
संविधानको धारा ७६(२) बमोजिमको संयुक्त सरकारका प्रम एमालेका अध्यक्ष ओली, धारा ७६(१) बमोजिमको एकल बहुमतीय दलको प्रम नेकपाका अध्यक्ष ओली र ७६(३) बमोजिमको अल्पमतको सरकारको प्रम पनि उनै एमालेका अध्यक्ष ओली ! पूरा राजनीतिक ढल जाम छ ।
ओली संविधानका सबै ३ वटा विकल्पका संविधानको धाराहरूको बमोजिम पालैपालो प्रम बने ।
यसरी विगत १४ वर्षको अनुभव र व्यवहारले यो संविधानको प्रावधान र यो राजनीतिक ब्यवस्थामा मुलुकमा राजनीतिक स्थीरता, स्वच्छ प्रशासन, बैज्ञानिक प्राविधिक नेतृत्वको विकास र समृद्धि कदापि संभव छैन । यो संविंधान बमोजिम कहिल्यै बहुमतीय सरकार बन्ने संभव नै छैन । राजनीतिक चटके एकिकरण गरेर नेकपा दलको बलात जन्म गराईएको मात्र थियो, एकपटक जनचाहना बमोजिमको बहुमतीय कम्युनिष्ट सरकारको चटक देख्ने रहर थियो, त्यो पूरा चैँ भयो । सिनेमा हलबाट शो सकिएर निस्कदा ३ घण्टाको समय र पैसाको बर्बादी मात्र भएको हो । त्यसरी बलात जन्मेको शिशु बच्चा नेकपा ३ वर्षमा नै कालको पन्जामा पर्यो । जसले नक्कली बिहे गराएको नाटक गरे, उसले नै नाबालक नेकपाको घॉटी निमोठेर मारी दाहसंस्कार गराएको मात्र हो । यो स्वभाविक विजातीय राजनीतिको परिणति हो ।
मुलुकमा हालसम्म टुटफुटमा दंग पर्ने कम्युनिष्टहरूको पत्ता साफ गर्ने लक्षसहितको यो राजनीतिक उथलपुथल थियो र हो । यो नेपालमा राजनीतिले जबरजस्ति संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको कुपथ खाएर अपच भई अहिले घोर पखाला र वमन भएको मात्र हो । अबको परिवर्तन मुलुकका लागि के कस्तो हुने हो त्यो पनि अब केही समयपछि पटाक्षेप हुनेछ । अस्थीरताको दशकौँको यात्रामा नेपालको राजनीति चलिरहेको छ । राजनीतिक गाडी ब्रेक फेल स्टेरिंग फेल र चार चक्का चार तिर उछिट्टिएर न बाहिर न भित्र कसैको नियन्त्रणमा छ ।
विदेशीले आर्टिफिसियल गर्भाधान गरिदिएर बर्तमान ब्यवस्था बिदेशमा राजनीतिक बा परिवर्तन भएपछि नेपालको राजनीति बेवारिसे हुन पुगेको मात्र हो, कुरा प्रष्ट छ । धुरी बालेर आगो तापेर रमाउने नेपालीको कर्म यस्तै हुन्छ । यो मुलुक सर्वत्र पापैपापको पीपको दह बनिसकेको छ । यहॉ केही सत बॉकी बचल छैन । यसको नतिजा जनताले भोग्नु नै कर्म हो । कर्म भनेको आफ्नो नदुखेको कपाल डोरी लगाएर बॉधेर दुखाउनु हो, त्यही भएको छ । यो ब्यवस्थामा चुनावमा उठेर न बहुमत आउछ, न शासन नियन्त्रणमा हुनेछ । पद पाउन त चुनावमा जानै पर्दैन, दृश्य अदृश्य देशी बिदेशी बोसको निर्लज्ज निर्घिणी पाउ मले सजिलै चाहेको पद पाईन्छ ।
भारतमा बिजेपीको उदय संगसंगै कम्युनिष्टहरू सोत्तर भए । त्यही लाईनमा नेपाल पनि लागेको देखिदै छ । जो होगा अच्छा होगा ।
बरू कठपुतली राजनीतिक नर्तक नर्तकीहरूको नाच हेरेर मनोरञ्जन लिईरहौँ । कर्मको फल अकाट्य साश्वत नियम हो ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:३२ मा प्रकाशित






























