back
CTIZAN AD

तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुन्छ – उपप्रम महरा

वि.सं.२०७३ माघ २६ बुधवार

2.1K 

shares

२६ माघ,धादिङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले त्यस्तो आग्रह गर्नुभएको हो ।

उद्घाटन मन्तव्यमा उपप्रधानमन्त्री महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखिएको समेत बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पु¥याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङ शाखाबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र आकुरावका केन्द्रीय अध्यक्षमा निर्वाचित हुन हुने धादिङ शाखामा आबद्ध रहेका पत्रकार सुभास खतिवडालाई पनि सम्मान गरियो । क्षेत्रीय समितिका संयोजक शीतलप्रसाद महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटी सम्मानित हुने पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार हरिहर विरही, प्रजिअ उमेश ढकाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्ले र राजनीतिक दलका प्रमुखहरुले समसामयिक राजनीति र सञ्चार क्षेत्रको अवस्थामाथि प्रकाश पार्नुभएको थियो ।

वि.सं.२०७३ माघ २६ बुधवार ०९:५१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...