back
CTIZAN AD

चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता

वि.सं.२०७८ जेठ १४ शुक्रवार

714 

shares

१४ जेठ, बेइजिङ । चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो । चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सि जिनपिङ र बृटिश प्रधानमन्त्री बोरिस जोेन्सनबीच दुई पटकसम्म फोनमा कुराकानी भएको थियो ।

विदेशमन्त्री यीले बिहीबार दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानी तथा गत वर्ष पनि चिनियाँ राष्ट्रपति र बृटिश प्रधानमन्त्रीका बीचमा भएको कुराकानी बाट यी दुई देश बीच असल सम्बन्ध रही आएको कुरा प्रमाणित हुने कुरा बताएका छन् ।

उनीहरुबीच अहिले कोभिड १९ का कारणले दुवै देशमा पारेको प्रभावका साथै यसका कारण उत्पन्न परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । साथै दुई देशबीचको आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
सिन्ह्वा

वि.सं.२०७८ जेठ १४ शुक्रवार १३:३० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...