back

कविता: दाजु-भाइ

वि.सं.२०७८ जेठ १५ शनिवार

7.9K 

shares

दाजुभाइ
क्रोधित हुँदा उर्लदो भेल हुन्
भातृप्रेममा गतिशील सागर हुन
दाजु
प्रचन्ड तातोमा आफु डढेर
कलिलो रङ जोगाउने छाता हो
पहाडमा खोपिएको ओडार जस्तो
भरपर्दो छत हो
भुईँमा लत्रिएका लहरालाई
स्वाभिमानपुर्वक उठाउने टेवा हो
जसको काखमा हुर्किन्जेल
बादलले छोप्न सक्दैन अनुज अनुहारको कान्ति
फितलो हुन्छ चुनौतिको हुरी बतास
कमजोर बन्छन् गडगडाउने खहरेहरू
ओरालोमा फराल्दै बिलाउछ मुसलधारे वर्षा
हुर्कन्छ अवोध बालापन

आमा बुबा जस्तै हात समातेर डोर्याउने
पितातुल्य अग्रज हो दाजु
पाइला पाइलामा हिडाएर
पाइला पाइलामा डोर्याएर
अनुशासन, ज्ञान र कर्तव्यको चक्षु खोलिदिने
सत्मार्ग हो दाजु
भुल्दै भुल्दैन
भुल्नै सक्दैन भाइको बालापन

भाइ
दाजुका पाइला पाइलामा
दुःख सुखको
आपत विपतको भरोसाको लट्ठी हो
जो
सितिमिति कमजोर भएर भाँचिदैन
हर समयका कठिनाईमा
ढाल भएर उभिन्छ
उकालोमा होस वा ओरोलोमा होस
मैदानमा होस वा गल्छिमा होस
निहुरिएर काँध थाप्छ
छोरो समान भएर उभिन्छ
र त
समग्रमा दाजुभाइ
एउटा हत्केलामा फरक पहिचान बोकेका
पाँच औला हुन्
एउटा अनुहारका दुई आँखा हुन्
एउटै गतिका दुई पाइला हुन्
एउटै शरिरका दुई पाइला हुन
सम्बन्धको तुलोमा
मायाको कसिमा
पलपल एक विना अर्काको सम्बन्ध
सधै
अपुरो र अधुरो हुन्छ ।

 

 

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३२ मा प्रकाशित

Himalayan Life AD
हाइज्याक

हाइज्याक

सिंहदरवार बनिरहेको थियो ज्वालामुखी तुवाँलोको मुस्लो र रापभित्र पिडाको आँसु...

साहित्यकार वियोगीसँग विद्यार्थीको सिर्जनशील एवम् साहित्यिक कार्यक्रम

साहित्यकार वियोगीसँग विद्यार्थीको सिर्जनशील एवम् साहित्यिक कार्यक्रम

स्याङ्जा । विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक...

लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....