किशोरले छिमेकी दिपकसँग आफ्नो छोरा सुमनलाई नेपाल बाहिर दुबईमा रोजगारीको लागि पठाउन तिन लाख रुपैँया सापटी माग्यो । दिपकले बैंकबाट निकालेर मागे अनुसार तिनलाख रुपैँया किशोरलाई विना व्याजमा दियो । किशोरको छोरा सुमन दुबईबाट चारवर्षपछि बिदामा नेपाल एक महिनाको लागि आयो । नेपाल आएपछि दिपकको परिवारलाई देखे पनि नदेखे झैं गर्न थाल्यो सुमनले ।
हामीले उसलाई बाहिर देश जान लाग्दा ठूलो सहयोग ग¥यौ । नेपाल आएपछि हामीलाई देख्दा पनि नदेखे झैं गर्न थाल्यो कस्तो मान्छे होला दिपकले आफ्नो परिवारसंग भन्यो । मान्छेलाई जति गुुन गरे पनि हुंदो रहेनछ के गर्ने दिपककी श्रीमती टिकाले भनिन् ।
छोराले बिदेशबाट कमाएर पैसा पठाउन थालेपछि किशोरले पनि कसैलाई गन्दैनथ्यो । एकदिन किशोरको श्रीमती रमा बिरामी भएर थला परेपछि हस्पिटल जानु पर्दा फेरि छिमेकी घरको दिपकलाई हामीलाई हस्पिटलसम्म तपाईको गाडीमा लगिदिनु नि भन्न पुग्यो ।
दिपकले तपाईको छोरालाई बाहिर पठाउनु पर्दा मैले विना व्याज तिन लाख रुपैया सापटी दिए । तर तपाईको छोरा विदेशबाट नेपाल आएपछि हामीलाई देख्दा पनि नदेखेझैं ग¥यो यस्तो छिमेकीलाई कसरी सहयोग गर्ने ? भन्यो ।
सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं मोबाइल नं. ९८४१७९७६६४
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३० मा प्रकाशित






























