back
CTIZAN AD

कविता: दाजु-भाइ

वि.सं.२०७८ जेठ १५ शनिवार

9.6K 

shares

दाजुभाइ
क्रोधित हुँदा उर्लदो भेल हुन्
भातृप्रेममा गतिशील सागर हुन
दाजु
प्रचन्ड तातोमा आफु डढेर
कलिलो रङ जोगाउने छाता हो
पहाडमा खोपिएको ओडार जस्तो
भरपर्दो छत हो
भुईँमा लत्रिएका लहरालाई
स्वाभिमानपुर्वक उठाउने टेवा हो
जसको काखमा हुर्किन्जेल
बादलले छोप्न सक्दैन अनुज अनुहारको कान्ति
फितलो हुन्छ चुनौतिको हुरी बतास
कमजोर बन्छन् गडगडाउने खहरेहरू
ओरालोमा फराल्दै बिलाउछ मुसलधारे वर्षा
हुर्कन्छ अवोध बालापन

आमा बुबा जस्तै हात समातेर डोर्याउने
पितातुल्य अग्रज हो दाजु
पाइला पाइलामा हिडाएर
पाइला पाइलामा डोर्याएर
अनुशासन, ज्ञान र कर्तव्यको चक्षु खोलिदिने
सत्मार्ग हो दाजु
भुल्दै भुल्दैन
भुल्नै सक्दैन भाइको बालापन

भाइ
दाजुका पाइला पाइलामा
दुःख सुखको
आपत विपतको भरोसाको लट्ठी हो
जो
सितिमिति कमजोर भएर भाँचिदैन
हर समयका कठिनाईमा
ढाल भएर उभिन्छ
उकालोमा होस वा ओरोलोमा होस
मैदानमा होस वा गल्छिमा होस
निहुरिएर काँध थाप्छ
छोरो समान भएर उभिन्छ
र त
समग्रमा दाजुभाइ
एउटा हत्केलामा फरक पहिचान बोकेका
पाँच औला हुन्
एउटा अनुहारका दुई आँखा हुन्
एउटै गतिका दुई पाइला हुन्
एउटै शरिरका दुई पाइला हुन
सम्बन्धको तुलोमा
मायाको कसिमा
पलपल एक विना अर्काको सम्बन्ध
सधै
अपुरो र अधुरो हुन्छ ।

 

 

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३२ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...