back
CTIZAN AD

कविता: कस्तो प्रजातन्त्र यो ?

वि.सं.२०७८ जेठ १५ शनिवार

1.8K 

shares

फेर्नै पर्छ समाज यो भनिरही मान्छेहरू काटिए ।
सामन्ती जनका शरीरभरिका छालाहरू ताछिए
रोल्पाका हर ती नसा जति कठै बेढङ्गले काटिए
आफ्नै थूक भनेर गौरव गरी सारा खुसी चाटिए

पूर्वाधार खडा भए पनि अहो पन्चेत नि भत्काइयो
आफ्ना संस्कृतिका हरेक सृजना मासेर रित्त्याइयो
यो नेपाल नयाँ बनाउन भनी, के के गरेनन् यहाँ ?
सत्ता चढ्न भनी विभिन्न सपना बाडी रहेछन जहाँ

झारी आँसु तरक्क गाउँघरको आकाश जल्दै थियो
मात्रै शोक र त्रास राष्ट्रभरि छन् को बाल्छ होला दियो
लाखौं लाख प्रयासले र बलले, आगो निभेको थियोे
आफ्नै आगन छेउमा पनि कठै छोरो ढलेको थियो ।

सोचेथे सबले नयाँ मुलुकमा केही त होला भनी
आशाका मुटुमा तुषार खसिदा, के के बल्यो दन्दनी
ताराका गणमा प्रहार गरिदा झर्छन् कि झैँ देखिए
काला अक्षरले समस्त सपना खै के गरी लेखिए

रोल्पाको घरमा दिवङ्गत भए हर्केहरू नै कति
काभ्रेको शिरबाट गौतमहरू भोगे सयौं दुर्गति
यो देखेर पुगे कठै अरबमा पल्ला घरे लर्कियो
जम्नै सम्म जम्यो कठै बरफझै मुर्दा भई फर्कियो

सारा शिक्षकवर्गको पनि कठै इच्छा भए दूषित
रित्ता छन् सुनसान गाउँघर यी गर्दैन कोही हित
कान्छीको मनभित्र नै रगतको फाल्सा छ रातो अझै
सानीको नयनाश्रुमा विगतको, देख्दै छौ सातो कठै

के भो लौ भन क्रान्तिले सुरचना बेतालले भत्कियो
साना फूलहरू बलात्कृत हुँदा कालै यहा पल्कियो
सोचेझै सुविधा कहाँ छ र अहो मारेर के पाइयो
मार्ने यो जनता हरेक पलमा कस्तो प्रजातन्त्र यो ?

छन्दः शार्दुलबिकृडित

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३४ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...