back
CTIZAN AD

कविता: समयको पाठ र पाठशाला

वि.सं.२०७८ जेठ १५ शनिवार

1.3K 

shares

विषम स्थितिको
चुनौतीपूर्ण परिवेशमा
रुङरुङ्ती पाठशालाहरुका
बन्द कोठाहरुमा थुनिएका
नितान्त एक्ला टेबल चौकी अनि
ब्ल्याक बोर्ड र सेता चकहरु,
लाइब्रेरीमा बन्द अनेकौं पुस्तक
ल्याब कोठामा थुनिएका परिक्षण र परिणामहरु
पाठ्यपुस्तकभित्र बन्द ज्ञानहरु
एकनासे प्रतिक्षामा छ
कहिले बज्लान् चेतनाको टङ् टङ् घण्टी
र उघ्रेला शिक्षाका बन्द दरवाजाहरु ।
फेरि खचाखच उभिएला एक नाशे गोडाहरु
गाँसिएका हातहरु
जुधाएर कुमहरु ।
फेरि दगुर्लान खुशीहरु खेल मैदानमा
फेरि इत्रिएलान् वैंशहरु कक्षाभित्र
फेरि उत्पात मचाउनु आउला उपद्रौहरु ।
फेरि जिवान्त होलान् स्तब्ध ढुकढुकी पाठशालाका ।

चाउरमा फेरि खोलिने छ
बन्द टिफिनका ढकनीहरु
आपस्तमा साटिने छ फेरि
चाना मटर आलु रोटी र चटनीहरु ।
फेरि फर्केर आउने छ हराएका स्वाद गाँस गाँसमा
मस्त गफिने छ गफहरु चाउरका हरिया घाँसमा ।
गुञ्जिने छन् फेरि खित्काहरु परिवेशमा
एकै उमेरका झुण्ड झुण्ड
बेग्लाबेग्लै अनुहार तर एकैखाले ड्रेसमा ।

आउनेछन् गुरुजन् विद्यार्थी र अनुशासन फेरि पाठशाला
फेरि फर्किनेछ उस्तै सौहार्द र गरिमा
तबसम्म सुरक्षित बस्नु घरभित्र
स्वच्छ राख्नु हात मुख र बिचारलाई
स्वस्थ्य राख्नु तन मन र मस्तिष्क सबै ।।

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...