back
CTIZAN AD

कविता: मायाको पत्रदल

वि.सं.२०७८ जेठ १५ शनिवार

1.4K 

shares

रुखमा फुलिरहेका बासान्ती फूलहरू
चिसो हावाको झोँकाले
भुँइभरि झारिदिए जस्तै
मेरो ममताको फूलहरू पनि
कहिले काहीं छरपष्ट भएर
भुँइभरि झर्दो रहेछ ।
ती झरेका पत्रदलहरु
बटुल्न खोज्छु म
झनै उडाएर परपर लगिदिन्छ हावाले
पछि लगेर कुद्न पनि त सक्तिन
थाहै नपाई कति कमजोर भएछु
यो मुटु पनि किन दुखेको
नभएको भए त दुख्ने नै थिएन
माया लाग्छ
सुमसुमाउँछु म मेरो
आफ्नै दुखेको मुटुलाई र भन्छु
तिमी छौ र त म छु
म छु र त तिमी छौ ।
हुन सक्छ सायद
म नभएको भए तिमी
बन्दी गृहमा बन्द बाघ
उनमुक्त हुँदा आक्रोशित भए झैं
विष्फोट पो हुन्थ्यो कि या
मानसिकताको सकारात्मक डोरी पक्रेर
स्नेहपूर्ण हातको स्पर्श खोज्ने थियौ ।
सम्झाउँछु म मुटुलाई
यस्तै त हो यत्र तत्रं छरिएका
झुटो सपना र मायाहरु ।
म एकोहोरिएर हेरिबस्छु
ती झरेका पत्रदलहरु अनि
अनायसै टेकिपठाउँछु
मेरो निष्ठुर पाइताला मुनि
बटुल्न त खोजेकै हो बटुलिएन ।

फूल त फुल्छ नै,
फुलेर झर्छ पनि प्रकृतिको नियम नै हो
तर माया झरेर छरपष्ट भए
के फेरि फुल्न सक्ला र ?
तर
मन के मान्थ्यो र
भक्कानिएर आउँछ मन
सत्य बोध हुँदा
आखिरमा खरानी त रहेछ
यो जिन्दगानी ।

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...