back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ जेठ १५ शनिवार

1.8K 

shares

सुशोभित फुल अनि थालीभरी टीका छन्,
मन्दिर बाहिर भक्त भित्र देवता फिका छन् !
यस्तो हुनु खै कुन जन्मको पाप कुन्नी,
त्रासैत्रासका आँखामा आँशुका ढिका छन् !!

भन्नलाई भनिन्छ यहाँ साहित्य भित्र मेल हुन्छ,
गराइमा अनर्थ पारी त्यसमा चलखेल हुन्छ !
बोल्नेको पिठो बिकि नबोल्नेको चामल जस्तै,
भावनामा डुबेको अक्षर यहाँ ओझेल हुन्छ !!

कोरोनाले भित्रै बस् भन्छ बाहिर घुम्लास्,
भित्र बसे भुकम्पले भन्छ सिधै माथी जालास् !
कसो गरे सहि हो हे प्रभु भनी सोध्दा,
प्रभु भन्छन् जस्तो कर्म उस्तै नै फल खालास् !!

मानवताले भरिएको मनको चाहिँ टुंगो होस्,
शुद्ध मनले चढाउने एउटा फुलको थुंगो होस् !
किन जानू चारधाम पैसा खर्च गरि गरि,
देवता मानी पुज्न बस् चोखो एउटा ढुंगो होस् !!

मिठो बोली जुधाई आँखा माया लाग्ने बनायौ ,
भोक नलाग्ने दिनमा रातमा जाग्ने बनायौ !
भयौ तिमी मेरो लागि ढुंगाको मुर्ती सरह ,
मन मुटु अन्तै दिई मलाई माग्ने बनायौ !!

बुद्धनगर, नयाँ बानेश्वर , काठमाडौ

फोन नम्बरः ९८४१६६४७३८

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...