back
CTIZAN AD

सरकारले निर्णय नसच्याए चुरे रक्षार्थ प्रदेश सरकारले आवस्यक निर्णय लिने मुख्यमन्त्री राउतको चेतावनी

वि.सं.२०७८ जेठ २० बिहीवार

861 

shares

२० जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे सम्बन्धी बजेट वक्तव्य नसच्याए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री राउतले नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश २ बाट ढुंगा, गिट्टी, वालुवा उत्खनन गर्ने योजनाले देशकै अन्न भण्डारणको रुपमा रहेको प्रदेश २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने समेत बताएका छन् ।

प्रदेश २ का जनता प्रत्येक वर्ष बाढी, पहिरो, पानीको समस्या र कृषि उपज समेतको समस्याबाट प्रताडित हुँदै आएको तथा चुरे क्षेत्रको माटो एकदमै कमजोर रहेको बताउँदै कमजोर भू–बनौटका अनुसार त्यहाँका ढुुंगा गिटी निकालियो भने नदीको बहाव तीब्र हुने र तिब्र बहावका कारण ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने निश्चित रहेको मुख्यमन्त्री राउतद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘चुरे क्षेत्र बालुवा गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदामा समेत धनी छ । यहाँको प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकाले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो वासस्थान गुमाउने निश्चित छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Image

वि.सं.२०७८ जेठ २० बिहीवार १७:१८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...