back
CTIZAN AD

अमेरिकन फौजी किरा के हो ? यसको प्रवेश नेपालमा कसरी भयो ?

वि.सं.२०७८ जेठ २१ शुक्रवार

3.7K 

shares

नेपालमा अहिले कोरोना महामारीले लकडाउन गर्दा कृषि जन्य उत्पादन बिक्री वितरण गर्न कठिन भएको छ । किसानलाई समस्या भइरहेको यहि समयमा पहिलेदेखि देखा परेको अमेरिकन फौजी किराले समस्या निम्त्याएकाे छ । अहिले पुर्वी नेपालका कतिपय जिल्लामा यसकाे प्रकाेप अत्यन्तै बढि देखिएकाे छ ।

पुर्वी जिल्लाहरूमा देखिएकाे यसकाे प्रकाेप देशैका अन्य क्षेत्रमा पनि फैलिरहेकाे छ । मकै बालीमा अमेरिकन फौजी किराले धेरै नाश गरिरहेको छ । जसबाट किसानहरु एकदमै मर्कामा पनि परिरहेका छन् । आउनुहोस् आज बुझौ के हो फौजी किरा ? कसरि सखाप पार्छ बालीनाली र कसरि नियन्त्रण गर्ने भन्ने बारेमा जानाैं ।

यो फौजी किरा हाम्रो बालि नालिमा नोक्सानी गर्ने किरा हो । विश्व समुदायमा प्रवेश गरेको धैरे भएको छैन त्यही पनि छोटो समयमै अति भयानक रूपले हाम्रो खाद्यान्नसँग युद्ध गरेर नोक्सानी पुर्‍याएको एउटा खतरनाक किरा हो । बालि -नालिमा हुने नोक्सानीले बर्षेनी हजारौ किसानको पसिनालाई छिन भरमै नाश गरिदिन्छ। आजको यो विलासी संसारको सपना देखि भरिपुर्ण संसारमा बर्सेनि नयाँ रोग, किरा र प्रकृतिक विपत्ति देखिनु स्वाभाविक नै हो जस्तो लाग्छ । त्यही पनि यस्तो विपत्ति भयानक भएर आइदिनाले खाध्य संकट निम्ति प्रभाव पार्न अवस्था आउँछ, अनि हामी सचेत हुन सुरु गछौ ।

यस किराले बालीमा कोतारेर खाएर नोक्सानी पुर्‍याउँछ। यो किराले आक्रमक रूपमा धेरै ठाउँमा फैलिएर धेरै क्षति पुर्‍याउन सक्छ । मुख्यतय यो किरा मकै बालीलगायत ८० वटाभन्दा बढी बालीहरूमा आक्रमण गर्दछ । यसले मुख्य बालीहरू मकै, धान, जुनेलो,गहुँ, आदिमा बढी क्षति गरेको पाईन्छ ।

यस्तै एउटा समय आउँछ कि त्यस जिवाणु र शत्रुले बालि नालिमा पुरै नोक्सानी गरेर बालिको उत्पादनलाई कम गरेर खाद्यन्न सकंट सम्म निम्त्याउन सक्छ । सामान्यतता औसतमा ३६.५% नोक्सानी बालिनालिमा हुने गर्दछ। जसमा रोगको कारणले १४%, किराको कारणले १०.२% र झारले १२.२% हुने गर्दछ। त्यसैले हामीले समयमै विभिन्न उपाय अपनाएर समाधान भए यो नोक्सानी कम गरेर विश्वलाई खाद्य संकट देखि केहि हदसम्म बचाउन सकिन्छ । आज यस्तै खतरनाक किरा जसले आफ्नो जिन्दगी जिउन हाम्रो बालिलाई नाश गरेर सताइरहेको छ।

अमेरिकन फौजी किरा (फल आमिॅवम) पुतली वर्गको रात्री चार किरा हो । यसको वैज्ञानिक नाम स्पाेडाेपेटेरा फुग्रीप्रेडा हो । यो नाेसिटिडाइ परिवारअन्तर्गत पर्दछ। यसको वयस्क पोथी अण्डा पार्नु अगाडि उपयुक्त आहारको खोजीमा ५ सय किमिसम्म टाढा उडेर जान सक्छ । विश्वमा सबैभन्दा पहिले अमेरिकामा सन् २०१५ मा देखिएको यस किरा सन् २०१६ मा अफ्रिकाको नाइजेरियामा देखिएको पाइन्छ । त्यस् पछि सन् २०१८ मा एसियाको भारतमा देखिदै सन् २०१९ मा नेपालमा भित्रिएको हो ।

नेपालमा पहिलोपटक नवलपरासी जिल्लामा २०७६ मा राष्ट्रिय बाली संरक्षण सङ्गठनको बाली किटनाषक व्यवस्थापन केन्द्रमा बसेको बैठकले आणविक विश्लेषणद्वारा पुष्टि गरेको हो । यस किराले बालीमा कोतारेर खाएर नोक्सानी पुर्‍याउँछ। यो किराले आक्रमक रूपमा धेरै ठाउँमा फैलिएर धेरै क्षति पुर्‍याउन सक्छ । मुख्यतय यो किरा मकै बालीलगायत ८० वटाभन्दा बढी बालीहरूमा आक्रमण गर्दछ । यसले मुख्य बालीहरू मकै, धान, जुनेलो,गहुँ, आदिमा बढी क्षति गरेको पाईन्छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १६:३७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...