२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले मास्क अभियान सुरु गर्न लागेका छन् ।
नेता पौडेलले कोरोना संक्रमणबाट बच्न सबैभन्दा प्रभावकारी उपाय मास्क रहेको भन्दै तनहुँका प्रत्येक घरका प्रत्येक व्यक्तिलाई मास्क पुर्याउने अभियान सुरु गरेका छन् ।
‘कोरोना संक्रमणबाट बच्न सबैभन्दा प्रभावकारी उपाय हो– मास्क लगाउनु । मैले मेरो गृह जिल्ला तनहुँमा मास्कको अभावमा कोही पनि त्रसित हुन नपरोस् भनेर यो अभियान सुरु गरेको छु ।’ सामाजिक संजालमा उनले लेखेका छन् ।
नेता पौडेलले उक्त अभियाानका लागि सदा झैँ सबैको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा रहेको बताएका छन् ।
पौडेलले यसअघि पनि कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउनका लागि ‘प्लाज्मा एप’ संचालनमा ल्याएका थिए । उक्त एपले कोरोना संक्रमणबाट निको भएकाहरुद्धारा दान गर्न चाहाने र कोरोना संक्रमण भएर गम्भीर भएकाहरुको उपचारका लागि प्लाजमा लिन चाहानेहरुलाई जोड्ने काम गरिरहेको छ ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १६:३४ मा प्रकाशित






























