back
CTIZAN AD

ठाकुर समूहलाई मनाउन खोसियो तीन मन्त्रीको जिम्मेवारी

वि.सं.२०७८ जेठ २१ शुक्रवार

594 

shares

जेठ २१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी भएसँगै तीन मन्त्रीको जिम्मेवारी खोसिएको छ ।

डा. शिवमाया तुम्बाहाङ्फे, जुली महतो र प्रेम आले मन्त्रालय विहिन भएका छन् । हालसम्म तुम्बाहाङ्फेले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, महतोले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र आलेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

जिम्मेवारी खोसिएका उनीहरुलाई अरु कुनै मन्त्रालय दिने वा विदा गर्ने भन्ने चाहिँ प्रष्ट भएको छैन् । मन्त्रालय खोसिएकामा जुली महतो र प्रेम आले पहिलो संसद विघटनसँगै मन्त्री बनेका थिए ।

तुम्बाहाङफे कानून तथा संसदीय मामिला मन्त्रालयबाट भूमिमा सरुवा भएकी थिइन् । उनलाई तत्कालिन अवस्थामा मन्त्रीको लोभमा पूर्वउपसभामुख पदबाट राजीनामा दिन लगाइएको थियो ।

तीन वटा मन्त्रालय मध्ये भूमिमा लक्ष्मणलाल कर्ण, महिला, बालबालिकामा चन्दा चौधरी र वनमा एकवाल मियाँले जिम्मेवारी पाउने भएका छन् । महन्थ ठाकुर समूहलाई यसअघि माओवादी केन्द्रका नेताहरुले सम्हाल्दै आएको मन्त्रालयसहित थप तीन मन्त्रालय दिइएको हो ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १८:०३ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...