back
CTIZAN AD

छोराको आशामा आर्थिक बोझ थोपर्दै ऋषिदेव समुदाय

वि.सं.२०७३ माघ २८ शुक्रवार

906 

shares

२८ माघ, पथरी (मोरङ) । सन्तानलाई दुई छाक जाउलो जुटाउनै समस्या छ, दक्षिणी मोरङको सिजुवा–३ का फागुलाल ऋषिदेवलाई । ३८ वर्षीय फागुलालका दुई छोरा र ६ छोरी छन् । बर्सेनि जस्तो एकपछि अर्को गरी जन्मिएका छोराछोरीलाई चिसो छल्ने लुगाफाटोभन्दा पेटभरि खाने अन्नमा नै फागुलालको ध्यान केन्द्रित छ ।

फागुलालकी जेठी छोरी उहाँभन्दा १७ वर्ष मात्र कान्छी छन् । तर छोरीलाई ज्वाइँ खोज्ने बेलासम्म सन्तानको इच्छा फागुलालको रहर होइन, बाध्यता हो । उहाँ भन्नुहुन्छ–“छोरा भएन, हाम्रो जातमा छोरा भएन भने कुटुम्ब पनि आउँदैन, काजक्रिया गर्न पनि छोरो नै चाहिन्छ ।” उहाँले छोरा पर्खंदा पर्खंदै आठ सन्तानको बाबु बन्नु परेको नियति सुनाउनुभयो ।

त्यसो त सिजुवा–३ मा उहाँ मात्र छोराको पर्खाइमा धेरै सन्तानको बाबु बन्नुभएको होइन । हब्बुलाल माझीको नियति पनि फागुलालको भन्दा फरक छैन । हब्बुलाल ३७ वर्षको उमेरमा पाँचजना छोराछोरीको बाबु बनिसक्नुभएको छ । भन्नुहुन्छ–“लगातार चार छोरी जन्मिए, छोरा पर्खंदा पर्खंदै पाँच सन्तान भइसके । उहाँले पाँचौँ सन्तान चाहिँ छोरो भएको सङ्केत गर्नुभयो । उहाँका १ वर्ष, ६ वर्ष, ४ वर्ष, ३ वर्ष र डेढ वर्षका छोराछोरी छन् । सबै छोराछोरी घरमै सकुशल जन्मिएको हब्बुलालले सुनाउनुभयो । फागुलाल र हब्बुलाल मात्र होइन, बस्तीमा धेरैले छोराको पर्खाइमा आफैँलाई आर्थिक बोझ थोपरिरहेका छन् ।

जमिनको नाममा ओतलाग्ने सानो छाप्रोबाहेक केही नभएका माझी र ऋषिदेव हिउँदमा साहू महाजनको धान काटेर झन्डै आठ महिना खाने अन्न भेला गर्छन् । बर्खामा कृषि मजदुरी गर्छन् । तर पछिल्लो समय कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै उनीहरूको गाँस पनि खोसिँदै गएको छ । त्यसो त उहाँहरूलाई परिवार नियोजनसम्बन्धी ज्ञान नभएको होइन, हब्बुकी पत्नी शान्तिकुमारी भन्नुहुन्छ–“हाम्रो जातमा आइमाई मान्छेले भनेको के हुन्छ र ?”

वि.सं.२०७३ माघ २८ शुक्रवार ०८:४३ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...