back
CTIZAN AD

तेस्रो हिसान खेलकुद सप्ताह–२०७३ सम्पन्न

वि.सं.२०७३ माघ २८ शुक्रवार

915 

shares

काठमाडौँ, २८ माघ । उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान)को आयोजनामा सुरु भएको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ आज यहाँ सम्पन्न भएको छ ।

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतमा प्रतिस्पर्धा भएको थियो ।

समापन कार्यक्रममा हिसानका पूर्वअध्यक्ष एवम् सांसद उमेश श्रेष्ठले खेलकुदले मानिसको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देश विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएकोे बताउँदै खेलले एक विद्यालय र अर्को विद्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाएको छ भन्नुभयो ।

सो प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

सो अवसरमा आजको बास्केटबल प्रतियोगितामा महिलातर्फ प्रथम र द्वितीय हुने क्रमश जेभियर इन्टरनेसनल कलेज र नाशा इन्टरनेसनल कलेज तथा पुरुषतर्फ प्रथम र द्वितीय हुने क्रमश क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र जेभियर इन्टरनेसनल कलेजलाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो ।

खेलमा महिलातर्फ जेभियर इन्टरनेसनल कलेजकी छात्रा कर्माछिरिङ शेर्पा र पुरुषतर्फ सिसिआरसीका छात्र मनिष केसी उत्कृष्ट खेलाडी घोषित भए ।

वि.सं.२०७३ माघ २८ शुक्रवार ११:१० मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...