२३ जेठ, दिल्ली । भारतमा शनिबार कोरोना संक्रमण हुनेको संख्या ६१ दिन यताकै कम रहेको छ ।
शनिबार भारतभर १ लाख १४ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो संख्या ६१ दिन यताकै कम हो । गत अप्रिल ५ मा भारतमा ९६ हजार ५७३ संक्रमित भएका थिए । त्यसयता शनिबार सबैभन्दा कमी हो । भारतमा यसअघि एकैदिन ४ लाख भन्दा बढी संक्रमित थपिएका थिए ।
समाचार ऐजेन्सीका अनुसार शनिबार २,६८१ जनाको मृत्यु भएको छ । भारतमा प्रतिदिन मृत्यु हुनेको संख्या पनि झण्डै आधा घटेको छ । यसअघि दैनिक ४ हजार भन्दा बढीको संख्यामा मृत्यु हुने गरेको थियो । साथै शनिबार १ लाख ८९ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
भारतमा हालसम्म २ करोड ८८ लाख संक्रमित, २ करोड ६९ लाख संक्रमणबाट मुक्त भएका छन् भने सोहि अवधिमा ३ लाख ४६ हजार जनाको संक्रमणबाट मृत्यु भएको छ । साथै हाल १४ लाख ७३ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
वि.सं.२०७८ जेठ २३ आइतवार १३:५९ मा प्रकाशित






























