back
CTIZAN AD

राउटे युवतीमाथि दुव्र्यवहार गर्ने तीन पुरुष पक्राउ

वि.सं.२०७८ जेठ २३ आइतवार

690 

shares

२३ जेठ, वीरेन्द्रनगर । राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन् ।

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् ।

राउटे युवतीहरुमाथि भएको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।
रासस

वि.सं.२०७८ जेठ २३ आइतवार १४:०४ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...