२४ जेठ, अमेरिका । Tribute : अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली युवा भरतराज ओलीको निधन भएको छ ।
जुन ४ मा मस्तिकघात भएपछि डियुक युनिभर्सिटि अस्पतालमा भर्ना गरिएका ३४ वर्षिय ओलीको उपचारकै क्रममा आइतबार निधन भएको हो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका बोर्ड अफ डाइरेक्टर कृष्ण पोखरेलले ओलीको ब्रेनमा रक्तश्राव भएपछि तत्काल सर्जरी गरिएको भएपनि उनलाई बचाउन नसकिएको बताएका छन् ।
उनी २०१० मा इडिभी भिसा मार्फत नेपालको दांगबाट अमेरिका आएका थिए । उनको आमा, श्रीमति, २ वर्षका छोरा दुई दिदिबहिनी नेपालमा रहेका छन् ।
उनको परिवारमा उनीमात्र कमाउने एक व्यक्ति भएको हुँदा मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागी सहयोग गर्न सेन्टरले गोफन्ड मार्फत आव्हान गरेको छ ।
सहयोगका लागी गोफन्ड : Please follow the donation link https://gofund.me/a5be24dc to donate.
वि.सं.२०७८ जेठ २४ सोमवार २१:५० मा प्रकाशित






























