back
CTIZAN AD

आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाइँदै, नागरिकता नभए पनि लगाउन पाइने

वि.सं.२०७८ जेठ २५ मंगलवार

753 

shares

२५ जेठ, काठमाडौं । आजदेखि उपत्यका लगायतका विभिन्न जिल्लामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार उक्त खोप उपत्यकामा ६०, ६१, ६२, ६३ र ६४ वर्ष उमेर समुह र जिल्लामा ६२, ६३ र ६४ वर्ष उमेर समुहलाई लगाइदैछ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पहिलो डोज भेरोसेल लगाएका र दोस्रो डोज लगाउने बेला काठमाडौं बाहिर भएकाहरुले पनि यो खोप लगाउन पाउनेछन् ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरुले पनि खोप लगाउन पाउनेछन् ।

त्यसैगरी तिब्बतसँग सिमाना जोडिएका जिल्लाका पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिहरुले यो खोप लगाउन पाउनेछन् भने हिमाली जिल्लाहरुमा यसअघिको ५५ वर्ष माथिकाको खोप कार्यक्रममा लगाउन छुटेका व्यक्तिहरुले पनि खोप लगाउन पाउनेछन् ।

नागरिकता नभए पनि खोप लगाउन पाइन्छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकता नभए पनि खोप लगाउन पाइने बताएको छ । मन्त्रालयका अनुसार नागरिकता नहुनेहरुले आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट हुने कुनै सरकारी कागजात तथा त्यो पनि छैन भने आफू बस्ने वडा कार्यालयलाई आफ्नो कागजात नभएको जनकारी गराएपछि वडाले दिएको सिफारिस लिएर खोप लगाउन पाइने बताइएको छ ।

 

वि.सं.२०७८ जेठ २५ मंगलवार ०८:५८ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...