back
CTIZAN AD

भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारमा कोरोना संक्रमण, २११५ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २५ मंगलवार

690 

shares

२५ जेठ, दिल्ली । भारतमा पछिल्लो २४ घण्टा (सोमबार) मा ८७ हजार २९५ जनामा कोरोना संक्रमण देखिएको छ । विगतको तुलनमा कोरोना संक्रमित हुनेको यो संख्या निकै कम हो । भारतमा केही साता अघि प्रतिदिन कोरोना संक्रकित हुनेको संख्या ४ लाख नाघेको थियो ।

त्यसैगरी सोमबार २११५ जनाको मृत्यु भएको छ । आइतबारको तुलनामा मृत्यु हुनेको यो संख्या झण्डै ३०० ले कमी हो । मृत्यु हुनेको यो संख्या ४६ दिन यताकै कमी रहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।
त्यस्तै सोमबार १ लाख ८५ हजार कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा पछिल्ला केही साता यता कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या निकै बढेको छ ।

त्यसैगरी भारतमा हालसम्म २ करोड ८९ लाख कोरोना संक्रमित भएका छन् भने सोहि अवधिमा २ करोड ७३ लाख निको भएका छन् । साथै भारतमा हालसम्म संक्रमणका कारण ३ लाख ५१ हजारले ज्यान गुमाइसकेका छन् । भारतमा हाल १२ लाख ९७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

नोभेम्बर ८० करोड भारतीयले खोप लगाउन पाउने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी नोभेम्बरसम्म ८० करोड भारतीयहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने घोषणा गरेका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पछिल्लो शताब्दिको सबैभन्दा ठूलो महामारी कोरोना रहेको भन्दै सरकार सबैको साथमा रहेको बताए ।

प्रधानमन्त्री मोदीले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीय नागरिकहरुलाई केन्द्र सरकारले नै निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाइने व्यवस्था गरिने समेत बताए ।

भारतमा कोरोनाबाट दैनिक संक्रमित हुनेको संख्या १ लाखमा झर्यो, २४४४ को मृत्यु

वि.सं.२०७८ जेठ २५ मंगलवार ०९:२५ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...