back
CTIZAN AD

म्याद गुज्रिएको औषधि जनतालाई बाँडिएको हैन फ्याकिएको हो– सांसद दवाडी

वि.सं.२०७८ जेठ २५ मंगलवार

1.1K 

shares

२५ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाश चन्द्र दवाडीले म्याद गुज्रिएको औषधि जनतालाई नबाँडेर फ्याकिएको बताएका छन् ।

आफ्नो अनुरोधमा काठमाडौंबाट केही व्यक्तिहरुले संकलन गरेर पठाएको केही औषधिहरु म्याद गुज्रिएको पाइएकोले स्वास्थ्य चौकिमा आफै बसेर रुजु गरेर म्याद सकिएको पाइएपछि त्यहि डस्बिनमा फालिएको उनले संसारन्युजसँग बताए ।

‘म आफै औषधि लिएर त्यहाँ पुगेको हुँ । सौरपानी स्वास्थ्य चौकीलाई औषधि हस्तान्तरण गर्ने क्रममा यी ठाउँका लागि यी औषधि भनेर रुजु गर्ने क्रममा म्याद सकिएको औषधि पाइएको हो,’ संसारन्युजसँग उनले भने, ‘जनप्रतिनिधिको रोहवरमा मैले म्याद गुज्रिएको औषधि त्यहि डस्बिनमा फ्याकेको हुँ । तर अन्य पार्टीका केही साथीहरुले मलाई बदनाम गराउन ती औषधि निकालेर फोटो खिचेर सामाजिक संजालमा राख्नुभयो ।’
उनले महामारीका बेला साथीहरुले सहयोग गरेर पठाउनु भएको औषधिमा म्याद गुज्रिएको परेकोमा संकलनकर्ता साथीहरु र आफूहरुले राम्रोसँग नहेर्नु कमजोरी भएको स्वीकार्दै उनले ती औषधि जनताको हातमा नपुगेको र आफैले म्याद गुज्रिएका औषधिहरु फ्याकेर आएको बताए ।

उनले भ्रम सिर्जना गर्ने र आफ्नो चरित्र हत्या गर्ने मनशायले आफ्ना विरुद्ध कु–प्रचार गरिएकोमा भत्र्सना गर्दै सम्बन्धीत व्यक्तिलाई कडा कारबाही गर्न माग गर्दै प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

May be an image of text

‘म्याद गुज्रिएको औषधि जनतालाई बाँडिएको छैन’


बारपाक सुलिकोट  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री गौतम भण्डारीले प्रदेशसभा सांसद दवाडीले सौरपानी स्वास्थ्य चौकीलाई औषधि हस्तान्तरण गरेको र उक्त औषधि रुजु गर्ने क्रममा म्याद गुज्रिएको पाइएको बताए । उनले उक्त औषधि जनताको हातमा नपुगेको बताउँदै महामारीका बेला यस्ता घटना घट्ने बताए ।

महामारीका बेला त्यो औषधि जनताको हातमा गएको भए दुर्घटना हुन्थ्यो नि त भन्ने संसारन्युजको प्रश्नमा उनले सांसद दवाडीले हस्तान्तरण गरेपनि स्वास्थ्य चौकीले रुजु नगरी र म्याद नहेरी जनताको हातमा पठाउन नमिल्ने बताए ।

‘शर्ट लिस्ट गर्ने क्रममा म्याद सकिएको पाइएपछि स्वास्थ्य चौकीले नै त्यो औषधि हटाएको हो । महामारीका बेला काठमाडौंका विभिन्न ठाउँबाट औषधि संकलन गर्दा यस्तो भएको हो । यो अन्जानमा भएको त्रुटी हो । यसलाई अनावस्यक रुपमा प्रचार गरिनु राम्रो हुँदैन ।’ यसबारेमा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट र उपाध्यक्ष सनमाया गुरुङलाई पालिकाको वेवसाइटमा रहेको नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन ।

प्रदेशसभा सांसद दवाडीले आइतबार बारपाक सुलिकोट गाउँपालिकाको वडा नं ४ को सौरपानी स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य सामग्री तथा औषधि हस्तान्तरण गर्ने क्रममा केही औषधिहरु म्याद गुज्रिएको पाइएपछि उनले म्याद सकिएका औषधि बाँडेको भन्दै आलोचना भएको थियो ।

यस्तो छ स्वास्थ्य चौकीको विज्ञप्ति

No photo description available.

 

वि.सं.२०७८ जेठ २५ मंगलवार १८:३९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...