जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गर्दै गर्दा गृहमन्त्रीमा एमाले नेता महेश बस्नेतको चर्चा चुलिएको थियो । बालुवाटारका हर्ताकर्ताले पनि बस्नेतलाई गृहमा ल्याउने तयारी भएको बताएका थिए । तर, ओलीले बस्नेतलाई पाखा राखेरै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
बस्नेतको चर्चा चलेको गृहमा ओलीले पोखरेली नेता खगराज अधिकारीलाई भित्र्याएका छन् । उनले ५ औं बरियतासहित अधिकारीलाई गृहको जिम्मेवारी दिएका हुन् । ओलीका निकटस्थ मानिने अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा थिए ।
राजनीतिमा अधिकारीभन्दा बस्नेत ओलीका निकै सहयोगी हुन् तर, पछिल्लो व्यवहारले भने उनलाई पाखा फालेको देखिएको छ । ओली समूहका एक नेताका अनुसार बालुवाटारका हर्ताकर्ता हाबी हुँदा बस्नेत पाखा फालिएका हुन् ।
राजनीतिमा अधिकारीभन्दा बस्नेत ओलीका निकै सहयोगी हुन् तर, पछिल्लो व्यवहारले भने उनलाई पाखा फालेको देखिएको छ । ओली समूहका एक नेताका अनुसार बालुवाटारका हर्ताकर्ता हाबी हुँदा बस्नेत पाखा फालिएका हुन् ।
बस्नेत विरोधी छन् बालुवाटारका हर्ताकर्ता
निकटस्थ स्रोतले बताएअनुसार सञ्चारमाध्यममार्फत बस्नेतको चर्चा चलाउने बालुवाटारका हर्ताकर्ता नै उनको विरुद्वमा थिए । उनीहरुले बस्नेतको चर्चा चलाउने तर लबिङ्ग अधिकारीको पक्षमा गर्ने गरेका थिए ।
स्रोतले बताएअनुसार बस्नेतको इन्ट्रीप्रति ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल नै असन्तुष्ट थिए । उनले बस्नेतलाई ल्याउन उपयुक्त नहुने सुझाब ओलीलाई दिएका थिए ।
ओलीलाई दुःखमा सहयोग गरेका थिए बस्नेतले
महेश बस्नेतले ओली नेतृत्वको सत्ता टिकाउन निकै सहयोग गरेका छन् । उनी बेला–बेला ओलीलाई गरेकै सहयोगले चर्चामा पनि आउँछन् ।
पछिल्लो समय जसपाको महन्थ ठाकुर समूहलाई आफ्नो पक्षमा पार्न बस्नेतले निकै भूमिका खेलेको देखिएको थियो । उनले यसअघि पनि जसपाकै सांसदहरुलाई एमाले प्रवेश गराउन निकै प्रयत्न गरेका थिए । तत्कालिन समय उनलाई सांसद अपहरणको समेत आरोप लागेको थियो ।
ओलीलाई सत्तामा पुर्याउन र सत्तामा टिकाईरहन सहयोग गर्ने बस्नेतलाई पाखा फालिनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ । ओलीको अप्ठ्यारोलाई सप्ठ्यारो बनाउने बस्नेतलाई जिम्मेवारी नदिनुप्रति धेरैले आशंका व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
मन्त्रिपरिषद विस्तारको गृहकार्यमा प्रधानमन्त्री, गृहमन्त्रीमा महेश बस्नेतको चर्चा
वि.सं.२०७८ जेठ २७ बिहीवार १६:५८ मा प्रकाशित






























