back
CTIZAN AD

नागरिक आन्दोलनका १८ बढी अभियन्ता पक्राउ, तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

वि.सं.२०७८ जेठ २८ शुक्रवार

732 

shares

२८ जेठ, काठमाडौं । बृहद नागरिका आन्दोलनले ओली सरकारले फेरि सर्वसत्तावादी अनुहार प्रदर्शन गरेको भन्दै कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको सरकारी तयारीविरुद्ध शुक्रबार आन्दोलनमा उत्रिएका नागरिक समाजका १८ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेपछि बृहत नागरिक आन्दोलनले उनीहरुलाई तत्काल रिहाइ नगरे कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

Image

शुक्रबार आन्दोलनमा उत्रिएका साहित्यकार तथा अभियन्ता खगेन्द्र संग्रौला तथा नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमीरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, शौरभ न्यौपाने र अन्जन बाबुलाई प्रहरीले पक्राउ गरेर कमलपोखरी वृत्तमा लगेको थियो । उनीहरुलाई नक्साल भाटभटेनी क्षेत्रबाट पक्राउ गरिएको थियो ।

Image

‘लोकतान्त्रिक प्रक्रिया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरुलाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ,’ बृहत नागरिक आन्दोलनद्धारा जारी विज्ञिप्तमा भनिएको छ, ‘हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने छौं । हामी जनस्वास्थ्यको बजारीकरण तिब्रता दिने सरकारको अलोकतान्त्रिक र अवैद्य कदमको भत्र्सैना गर्दै जनस्वास्थ्यको पक्षमा देशभरी प्रतिरोध जारी राख्न पनि सबैलाई अपिल गर्दछौं ।’

Image

 

Photos: Amit Machamasi

May be an image of text

वि.सं.२०७८ जेठ २८ शुक्रवार १४:०६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...