back
CTIZAN AD

सातै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

वि.सं.२०७८ असार १ मंगलवार

852 

shares

१ असार, काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय विवरण (बजेट) प्रदेश सभा बैठकमा सार्वजनिक गर्दैछन्।

अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

यसअघि ५ वटा प्रदेशले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम पारित गरेका छन् ।

गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि पारित गर्न सकेका छैनन । यी दुई प्रदेशले आजै बजेट सार्वजनिक गर्नुअघि बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी गरेका छन् ।

गण्डकीमा तीन दिन अघि मात्रै सरकार परिवर्तन हुँदा नीति तथा कार्यक्रम ल्याउन ढिला भएको थियो भने कर्णाली प्रदेशमा एमालेका चार सांसदको सर्वोच्चले खारेज गरेपछि उनीहरु सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने विवाद बढ्दा सोमबार नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन ।

यसअघि नै प्रदेश सभामा नीति कार्यक्रम पारित गरिसकेका प्रदेश नम्बर १,२, वागमती र लुम्बिनी प्रदेशले आज दिउँसो ३ र बजे बस्ने बैठकमा बजेट पेश गर्दैछन् ।

केन्द्र सरकारले सात प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब रुपैयाँका लागि चार किसिमको अनुदानको सीमा दिएको छ । राजस्व बाँडफाँडबाट प्रदेशले झण्डै ६३ अर्ब रुपैयाँ पाउँदैछन्।

वि.सं.२०७८ असार १ मंगलवार १०:३७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...