back
CTIZAN AD

कर्मचारीले भने ‘यो बजेट प्रतिगामी छ’

वि.सं.२०७८ असार १ मंगलवार

705 

shares

१ असार, काठमाडौँ । कर्मचारीहरुले सरकारले ल्याएको आव २०७८/२०७९ को बजेटलाई प्रतिगामी भनेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघले प्रेस विज्ञप्ति जारी गर्दै यो बजेट नेपाली जनताको पक्षमा नभएको भन्दै प्रतिगामी बजेट भनेको हो ।

‘घाटा बजेट पूर्ति गर्ने नाममा मुलुकको प्राकृतिक स्रोत साधन दोहन गरी विदेशमा निकासी गर्ने र नेपाललाई उजाड र मरुभूमिकरणको बाटोतिर डो¥याउने कार्यक्रमले सारमा यो बजेट मुलुक र नेपाली जनताको पक्षमा छैन र यो प्रतिगामी बजेट हो भन्दा अतिशयोक्ति नहोला’ महासंघका सहसंयोजकद्वय मोहनमान स्वाँर र मणिरत्न श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अंशमा केही कर्मचारीको तलब बृद्धि, बद्ध भत्ता बृद्धि, बिमा र पर्यटन काजको सुविधा र विद्यार्थीलाई ऋणको व्यवस्था लगायतको केही सुविधा र सुधारहरु जस्ता देखिए पनि सारमा यो बजेट गुटबन्दी र ललिपपले भरिएको छ ।

नेपालको वर्तमान अवस्थाको संवैधानिक संकट, स्वास्थ्य संकट, एम.सी.सी ले पु¥याउन खोजेको राष्ट्रियताको संकट र अवैध तबरले आएको संघीय बजेट संकटप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा एमसीसी जस्तो राष्ट्रविरोधी सम्झौता यथास्थितिमा लागू गर्ने कार्यको घोर आपत्ति जनाउँदै नेपालको प्राकृतिक सम्पत्ति र विदेशी लगानी नेपाल र नेपाली जनताको हितमा उपयोग गर्ने नीति अवलम्बन गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

 

वि.सं.२०७८ असार १ मंगलवार १९:३२ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...