back
CTIZAN AD

आज यी नदीहरुमा बाढीको उच्च जोखिम,सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ असार ३ बिहीवार

684 

shares

३ असार, काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण देशका विभिन्न नदीहरुमा पानीको बहाव उच्च हँदै गइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम तथा भारी बर्षा भई बहाब बढेर सर्तकता आसपास पुग्ने बताइएको छ ।

महाशाखाका अनुसार अहिले गुल्मीको बडिगाड, रुद्रबेणी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको छ ।

त्यस्तै वागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट धादिङ, चितवन, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, लुम्बिनी प्रदेशको प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट र हुम्ला तथा सूदूरपश्चिम प्रदेशको कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भइ बग्ने स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहिमा आकस्मिक बहाव बढ्ने हुँदा ती नदी क्षेत्र आसपास रहनेहरुलाई सर्तकता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केहि स–साना सहायक नदीमा क्षणिक मध्यम तथा भारी बर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ ।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना,सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ असार ३ बिहीवार ०९:१७ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...