back
CTIZAN AD

अपडेटः मेलम्चीमा आएको बाढीमा बेपत्ता भएका दुई चिनियाँ नागरिकको शब फेला, ९०० प्रभावित

वि.सं.२०७८ असार ३ बिहीवार

1.3K 

shares

३ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलाम्ची बजार र हेलम्बुका ९ सय घर परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हेल्म्बु गाउँपालिका वडा नं १ नाकुत्ते भन्दा ५ स मिटर माथिको भू–भागबाट गएको भिषण पहिरोका गएपछि मेलाम्ची नदी थुनिएर आएको बाढीका कारण मेलाम्चीका ६०० जना र हेलम्बुका ३०० गरी ९०० स्थानीयवासीहरु प्रभावित भएका छन् ।

त्यसैगरी बाढीका कारण १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले हालसम्म १६ जना बेपत्ता भएको यकिन भइसकेको र अन्य ५-७ जनापनि बाढीमा परेको खबर आएपनि यकिन नभइसकेको जानकारी संसारन्युजलाई दिए ।

बेपत्ता भएका मध्ये विहीबार मेलाम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ कामदारमध्ये २ को शब फेला परेको छ ।

बाढीका कारण मेलाम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ, तीन भारतीय र २ नेपाली कामदार बेपत्ता भएको मेलाम्ची खानेपानी विकास समितिले बुधबारै सूचना जारी गरेको थियो ।

वि.सं.२०७८ असार ३ बिहीवार १५:२७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...