Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा



१ फागुन , कञ्चनपुर । कञ्चनपुरका स्थानीय निकायका कर्मचारीले आज स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सादै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज ठप्प पारी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

कर्मचारी कामकाज ठप्प पारी धर्नामा बसेपछि स्थानीय निकायको कामकाज ठप्प भएको छ । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताउनु भयो ।
वर्तमान सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था गरेको गाविस कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष बलराम रानाले बताउनु भयो । हातमा कालोपट्टी बाँधी, पेनडाउन, धर्ना र कामकाज ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम कर्मचारीले जारी राखेका छन् ।

माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारी आन्दोलनमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।