back
CTIZAN AD

विगतका आन्दोलनको समिक्षाबाटै प्राप्त हुन्छ उपलब्धि

वि.सं.२०७३ फागुन १ आइतवार

966 

shares

nepal-maoists-

फागुन १ का आजका सामाजिक सञ्जालहरु जनयुद्ध दिवसको शुभकामनाहरुले भरिएका छन् । शुभकामनाका साथ साथै यसले गरेका उपलब्धि र औचित्यतामाथि पनि टिकाटिप्पणी भएका छन् । आजको दिनले जनयुद्धका १० वर्षको स्मरण सबैलाई गराएको छ । शायद कोही नेपाली परिवार छैन होला जनयुद्धका समयमा प्रत्यक्ष वा अप्रत्यक्ष मारमा नपरेको । प्रत्येक बिहान चियासँगै यति नेपाली भिडन्तमा मारिए भन्ने जस्ता समाचारहरु सुन्न बाध्य थियौँ । बिहान घरबाट हिडेको व्यक्ति बेलुका शकुसल फर्कन्छ की फर्कंदैन भन्ने आशंकामा परिवार सँधै त्रासमा बाँच्नु पर्दथ्यो । टेलिभिजनमा देखाइने विभत्स लासका दृश्यहरुले फैलाउने सन्त्रास दिमागमा नाँचिरहन्थ्यो । देशभित्रै एकठाउँबाट अर्को ठाउँमा जान पर्यो भने झोला मात्र होइन शरीर नै सम्पूर्ण जाँच गरिन्थ्यो । गाउँका एक परिवार र अर्को परिवारबीच एैचोपैचोमात्र होइन बोल्न समेत डराउने अवस्था थियो । नेकपा माओवादीका नेता कार्यकर्ता गासबास माग्थे, उनीहरुलाई बस्न दिएको आधारमा सुरक्षाकर्मी आएर दुःख दिन्थे । जनता दोहोरो मारमा पिल्सिन बाध्य थिए । जनताका अन्नहरु छरिन्थे, घर जलाइन्थ्यो । गाइबस्तु गोठमै जलाइन्थ्यो । ती दर्दनाक दिन भुक्तभोगी नेपालीको मनबाट शायदै मेटिन्छ ।
shanti-samjhautaजेहोस् द्वन्द्वको पीडाबाट नेपाली जनता मुक्त छन् । बृहत शान्ति सम्झौतापछि मुलुकले त्रासबाट मुक्त पायो, तर परिवार गुमाएका, बेपत्तामा परेको परिवार र शारीरिक रुपमा यातना भोगेको परिवार अझै पनि पीडाबाट छट्पटिएकै छ । एउटा पक्षले देशमा परिवर्तनका खातिर ज्यानको आहुति दियो भने अर्को पक्षले देशको रक्षा खातिर । मारिनेहरु ‘शहिद’ भए तर भोग्ने परिवारलाई शहिद शब्दले मात्र राहत दिन सकेको छैन । बेपत्ता परिवार कुनै दिन त टुप्लुक्क आइपुग्छ की भनेर प्रतिक्षामै छन् । प्रतिक्षामा बस्नु कति पीडादायी हुन्छ कल्पना पनि गर्न सकिँदैन । त्यत्ति बेला हात खुट्टा गुमाएका, आँखा, कानको स्मरण शक्ति गुमाएका, मानसिक रुपमा मनमा पीडा बोकेर बाँच्न विवशहरुका लागि न त राज्यले सम्बोधन गर्न सकेको छ, न त तत्कालीन माओवादी पार्टीले नै ।
हुनत परिवर्तन सजिलो र विना रक्तपात हुँदैन । परिवर्तनका लागि ठूलो मूल्य चुकाउनु परेको इतिहास हाम्रो सामू नौलो छैन । २००७ साल देखि २०५२ सालसम्मलाई प्रत्यक्ष देखेभोगेका केही व्यक्ति अझै साक्षि छन् । हामीकहाँ इतिहास सत्तापक्षकै लेखिने परम्परा हुँदा जनताका संघर्षहरु त्यक्ति पढ्न पाइँदैन । राणा कालमा जनता भनेको पशुसरह मानिन्थ्यो । पञ्चायतकालमा पनि जनताले अधिकारको माग गर्दा यातना दिने मारिने घटनाहरु भएकै हुन् । ३६ साल ४६ साल जनताले देखे भोगेकै हुन् । जनयुद्धकालकै स्मरण गराउने झापाकाण्ड हामीबाट छिप्न सक्दैन । त्यत्तिबेला पनि राती सुतिरहेको मान्छेको टाउको काटिएकै हो । मधेस आन्दोलनको नामबाट आएका मधेसी दलहरुको इतिहास पनि हिंसाबाट टाढा छैन । यसरी हेर्दा नेपालका राजनीतिक दलहरुको इतिहास हेर्दा कोही पनि हिंसाबाट टाढा रहेका छैनन् ।
नेपालको इतिहास हेर्दा प्रत्येक १०-१० वर्षमा परिवर्तनका खातिर आन्दोलन हुने गरेको छ । तर उपलब्धि एकाध व्यक्ति र राजनीतिक नेतृत्वबाहेक आम जनताका लागि हात लाग्यो शुन्य जस्तै बनेको छ । यो जान्दा जान्दै पनि नेपाली जनता परिवर्ननको खातिर जहिले पनि ज्यानको आहुति दिन तयार हुँदै आन्दोलनमा होमिएकै छ । नयाँ आश देखाउने जुनकुनै दललाई सहयोग र समर्थन गर्न जनता सँधै तयार नै रहेको देखिन्छ ।
आज जनयुद्धको २२ वर्षका अवसरमा यसका कमिकमजोरी र उपलब्धिको समिक्षा सतहि भएर होइन की निस्पक्ष रुपमा गर्न जरुरी छ । हामीकहाँ काम भन्दा पनि दल हेर्ने परम्पराका कारण मिहिन रुपमा कहिल्यै पनि समिक्षा हुन सकेको छैन । त्यसैले पनि नेपालमा हुने परिवर्तनको उपलब्धि केही सिमित व्यक्तिहरुका लागि मात्र फलिफाप सिद्ध भएको छ भने आम जनताका लागि फगत एउटा ‘गल्ति’ र प्रायश्चित मात्र ।
देशमा परिवर्तनका खातिर यसअघि भएका आन्दोलनहरुको वस्तुनिष्ठ रुपमा समिक्षा नगर्ने हो भने नेपालले कहिल्यै विकासको बाटो समाउन सक्दैन । एउटा दलले अर्को दललाई पाखा लगाउनै पर्ने, खैरो खन्नै पर्ने, अवरोध र गालि गलौजको प्रवृत्ति तथा राम्रो काम भए पनि समर्थन गर्न नसक्ने संस्कृति रहिरहे सम्म देशको विकास राजनीतिक दलको आ–आफ्नो स्वार्थमा मात्र हुन्छ । गाउँमा कुनै विकासका काम एउटा दलले ल्यायो अर्को दलले अवरोध गर्नै पर्ने मानसिकता हट्नै पर्दछ । विकास कुनै दलको कार्यकर्ताको लागि मात्र आवश्यक होइन, सडक बने त्यो बाटोमा एउटा दलको नेता कार्यकर्ता मात्र हिंड्दैन, उपचार सेवा सहज बने कुनै अमुक दलको लागि मात्र हुँदैन । आफूले मात्र फाइदा लिने भन्ने सोच नहटे सम्म देश समृद्धिको कुरा टाढा नै हुन्छ । सत्ता प्राप्ती मात्र दलहरुको चाहना हुनु हुँदैन । सत्ताबाहिर रहँदा राष्ट्रवादी, क्रान्तिकारी र जनपक्षिय बन्ने अनि सत्तामा जाँदा दल र कार्यकर्ताका लागि मात्र सरकार हुने प्रवृत्ति हटाउन र आन्दोलनको उपलब्धि सम्पूर्ण नेपाली जनताका लागि बनाउन पनि नेपाली दलहरुमा सहकार्य संस्कृतिको आवश्यक छ । कुनै पनि दिवस मनाउनुको औचित्यता त्यसको सम्मान र समिक्षामै छ, न कि एकदिनको संस्मरणमा मात्र । प्रत्येक दिनलाई त्यहि दिन सम्झिएर काम गरियो भने हामीलाई अघि बढ्ने स्पष्ट खाका प्राप्त हुनेछ ।
जहाँसम्म जनयुद्ध दिवशको कुरो हो न्यायपूर्ण समावेशी राज्यप्रणाली बहालीको उद्देश्यसहित १० वर्ष चलेको जनयुद्धले देश र जनताका लागि ल्याएको उपलब्धिको रक्षा गर्दै त्यसको नाउँमा बढ्न खोजेका व्यक्ति वादका पराकाष्ठहरुलाई समयमै नियन्त्रण गर्न पनि उत्तिकै जरुरी छ ।

वि.सं.२०७३ फागुन १ आइतवार १४:३९ मा प्रकाशित

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलियाले गल्छी घटनाको वास्तविकता सार्वजनिक...

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...