back
CTIZAN AD

सर्वहारा कम्युनिष्ट पार्टी माओवादीमा पुन : भावना विद्रोही

वि.सं.२०७३ फागुन १ आइतवार

966 

shares

bhabana१ फागुन, काठमाडौं । सर्वहारा कम्युनिष्ट पार्टी माओवादीको अध्यक्षमा पुन : भावना विद्रोही चयन हुनुभएको छ ।
फागुन १ गते जनयुद्धको अवसर पारेर बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विद्रोहीलाई अध्यक्षमा चयन गर्दैै ९ सदस्यीय सचिवालय सदस्यसहित २१ जनाको केन्द्रीय समिति बनाएको छ । पार्टीले पछि सदस्यहरु थप गरी ३१ जना सम्म बनाउने पनि जनाएको छ ।
त्यस्तै सोहि बैठकमा अन्तराष्ट्रिय व्यूरो विभाग थप गरी देउचन्द्र राईलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने पश्चिम कमाण्ड इन्चार्जमा सुरेश ठकुरीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै जनयुद्धको दिवसको उपलक्ष्यमा चियापान कार्यक्रम गर्दै विश्व सर्वहारा श्रमजीवि, मजदुर, किसान, उत्पीडित, वर्ग तथा आम जनसमुदायलाई शुभकामना दिइएको थियो ।
सोहीअवसमा आगामि दिनमा कसरी अगाडि बढ्ने भन्दै प्रशिक्षणात्मक कार्यक्रम पनि गरिएको थियो ।
त्यस्तै अध्यक्ष विद्रोहीले अबको जनवादी क्रान्तिलाई राष्ट्रिय स्वाधीनताको मुद्दासँग जोड्न आवश्यक भएको ठहर गर्नु भएको थियो । उहाँले देश बाँचे मात्र आफ्नो नेपाली भूमिमा जनवाद ल्याउन सकिने र सर्वहारावर्गको अधिनाकत्व प्रदान गर्न सकिने थप प्रष्ट पार्नु भएको थियो ।
विद्रोहीले २२ औं जनयुद्ध दिवस हर्ष र पीडाका साथ मनाइरहेको बताउँदै जनयुद्धका नेतृत्वहरु ज–जसले जनयुद्धका उपलब्धिहरुलाई सिध्याएर १२ बुँदे सम्झौताको नाममा विस्तारवादको सामु आत्मसमपर्ण गरे त्यस्ता नेतृत्वलाई जनयुद्ध दिवस मनाउने अधिकार नभएको आक्रोस समेत पोख्नु भएको थियो ।

जनवादी सत्ता प्राप्ति र राष्ट्रिय स्वाधीनताको लागि जनव्रिदोहको बाटोमा अगाडि बढौं भन्ने मूल नाराका साथ २०६७ साल फागुन २६ गते स्थापना भएको उक्त पार्टीले जनजीविका, राष्ट्रियता जनतन्त्रलगायतका सवालमा आवाज उठाउँदै आएको छ ।

वि.सं.२०७३ फागुन १ आइतवार १०:२० मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...