back
CTIZAN AD

एक लाख ७१ हजारको मतदाता नामावली तयार

वि.सं.२०७३ फागुन २ सोमवार

969 

shares

२ फागुन, रामपुर (पाल्पा) । जिल्ला निर्वाचन कार्यालय पाल्पामा हालसम्म एक लाख ७१ हजार ८२८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जसअन्तर्गत ८२ हजार ३७७ पुरुष र ८९ हजार ४५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार १०९ पुरुष र एक हजार ५७१ महिला गरी जम्मा तीन हजार ६८० जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाका ६० गाविस दुई नगरपालिका गरी ९० वटा केन्द्रबाट चरणबद्ध रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य गर्दै आएको छ । अहिले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत जुनसुकै बेला पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

 

 

वि.सं.२०७३ फागुन २ सोमवार ०४:०६ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...