back
CTIZAN AD

के धारा ७६ (५) मा दलीय ह्वीप लाग्दैन ?

वि.सं.२०७८ असार १० बिहीवार

705 

shares

असार १०, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ (५) मा सांसदहरुलाई दलीय ह्वीप नलाग्ने तर्क गरेका छन् । उनले ७६ (५) सरकार बनाउन सांसदले प्रयोग गर्ने ब्रम्हास्त्र भएको दाबी गरे ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्दै उनले यस्तो तर्क गरेका हुन् । ‘जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन्, यसैका लागि राखिएको हो ७६(५)’, श्रेष्ठले भनेका छन्, ‘यसमा दलको समर्थन चाहिने, दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्कै हुन सक्दैन ।’

‘जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन्, यसैका लागि राखिएको हो ७६(५)’, श्रेष्ठले भनेका छन्, ‘यसमा दलको समर्थन चाहिने, दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्कै हुन सक्दैन ।’

उनले धारा ७६ (५) को व्यवस्था नै सांसदहरु मिलेर सरकार बनाउने भएको भन्दै ७६ (२) सँग अलग गरेर हेर्न नमिल्ने तर्क गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६ (५) र ७६ (२) उस्तै हो वा फरक हो भनि गरेको प्रश्नमा श्रेष्ठ दुई उपधारा पूर्णं अलग रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा जुटेको १४९ सांसदको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्नु गलत भएको श्रेष्ठको जिकिर छ । राष्ट्रपतिले श्री ५ भन्दा पनि माथि रहेर अधिकार प्रयोग गर्न खोजेको उनको आरोप छ ।

वि.सं.२०७८ असार १० बिहीवार १३:४२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...