back
CTIZAN AD

संवैधानिक इजलासमा बहस : के राष्ट्रपति ‘श्री ७’ बन्न खोजेको हो ?

वि.सं.२०७८ असार १० बिहीवार

726 

shares

असार १०, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाई भईरहेको छ । बिहीबार बहसमा सहभागी कानून व्यवसायीहरुले विशेषतः राष्ट्रपति विद्यादेवी भण्डारीको हैसियत र भूमिकामाथि धेरै प्रश्न उठाएका छन् ।

बहसमा भाग लिँदै अधिवक्ता हरिहर दाहालले बहुमत पुग्दा पनि दलीय हैसियत खोज्ने अधिकार राष्ट्रपतिलाई कसले दियो ? भन्दै प्रश्न गरे । उनले राष्ट्रपतिले संविधानमाथि नै खिसिट्यूरी गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न उठाए ।

अधिवक्ता हरिहर दाहालले बहुमत पुग्दा पनि दलीय हैसियत खोज्ने अधिकार राष्ट्रपतिलाई कसले दियो ? भन्दै प्रश्न गरे । उनले राष्ट्रपतिले संविधानमाथि नै खिसिट्यूरी गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न उठाए ।

‘राष्ट्रपतिले सूचना एउटा जारी गर्नुभएको छ,’ उनले भने,‘फेरि उहाँले दलीय हैसियत नपुगेको भन्नुभएको छ । उहाँलाई संविधानले ७६(५) मा पुगेपछि दलीय हैसियत खोज्ने अधिकार कसले दियो ? उहाँहरुले अहिले फेरि निर्दलीय अभ्यास भन्दै हुनुहुन्छ । सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई यसरी खिसिट्युरी गर्न मिल्छ ?’

राष्ट्रपति श्री ७ बन्न खोजेको हो ?

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिको अधिकार कहाँसम्म हो भनि प्रश्न उठाए । उनले राजतन्त्रकालिन शैलीमा राष्ट्रपतिले अधिकारको प्रयोग गर्न खोजेको बताए ।

राष्ट्रपतिले राजाभन्दा पनि माथि महाराज शैली अपनाउन खोजेको त होइन भन्ने प्रश्न श्रेष्ठको छ । बहसमा भाग लिँदै उनले भनेका छन्, ‘राष्ट्रपति श्री ५ भन्दा पनि माथि महाराज बन्न खोज्या हो ? विगतमा राजालाई नभएको अधिकार अहिले छ भन्ने ? राजाले गरेको कार्यमा प्रश्न उठाउन नपाइने व्यवस्था अन्तरिम संविधानबाट हटाएको होइन ? अहिले कहाँ छ रास्ट्रपतिले गरेको संविधान विपरीतको कार्यमा प्रश्न उठाउन नपाइने भन्ने ?’

बहसमा भाग लिँदै अधिवक्ता रमण श्रेष्ठले भनेका छन्, ‘राष्ट्रपति श्री ५ भन्दा पनि माथि महाराज बन्न खोज्या हो ? विगतमा राजालाई नभएको अधिकार अहिले छ भन्ने ? राजाले गरेको कार्यमा प्रश्न उठाउन नपाइने व्यवस्था अन्तरिम संविधानबाट हटाएको होइन ? अहिले कहाँ छ रास्ट्रपतिले गरेको संविधान विपरीतको कार्यमा प्रश्न उठाउन नपाइने भन्ने ?’

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा जुटेको १४९ सांसदको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्नु गलत भएको श्रेष्ठको जिकिर छ । राष्ट्रपतिले श्री ५ भन्दा पनि माथि रहेर अधिकार प्रयोग गर्न खोजेको उनको आरोप छ ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले संविधानको धारा ७६ (५) मा सांसदहरुलाई दलीय ह्वीप नलाग्ने तर्क गरेका छन् । उनले ७६ (५) सरकार बनाउन सांसदले प्रयोग गर्ने ब्रम्हास्त्र भएको दाबी गरे ।

सम्बन्धित समाचार

के धारा ७६ (५) मा दलीय ह्वीप लाग्दैन ?

वि.सं.२०७८ असार १० बिहीवार १४:१५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...