back

धितोपत्र बोर्डले घटायो प्रिओपन सेसनको मूल्य परिवर्तन सीमा

वि.सं.२०७८ असार १० बिहीवार

294 

shares
GLOBAL IME AD
NTC AD

१० असार, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात प्रि ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ । दोश्रो बजारको प्रि ओपन सेसनमा हाल मूल्य परिवर्तन सीमा पाँच प्रतिशत रहेकोमा सो सीमालाई घटाई दुई प्रतिशत कायम गरिएको छ ।
त्यसैगरी बोर्डले धितोपत्र कारोबार हुँदा न्युनतम मूल्य परिवर्तनको सीमालाई समेत घटाएको छ। हल न्युनतम मूल्य परिवर्तनको सीमा १ रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको छ।

बोर्डले प्रारम्भिक सत्रमा भइरहेको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाइएको जनाएको छ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८) स्वीकृत गरेको छ।

यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यन्वयनमा ल्याउने बोर्डले जनाएको छ ।

May be an image of text

वि.सं.२०७८ असार १० बिहीवार १४:१८ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति...

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि...

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि...

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेको आजदेखि सर्वसाधारणका लागि...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल...