back
CTIZAN AD

धितोपत्र बोर्डले घटायो प्रिओपन सेसनको मूल्य परिवर्तन सीमा

वि.सं.२०७८ असार १० बिहीवार

537 

shares

१० असार, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात प्रि ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ । दोश्रो बजारको प्रि ओपन सेसनमा हाल मूल्य परिवर्तन सीमा पाँच प्रतिशत रहेकोमा सो सीमालाई घटाई दुई प्रतिशत कायम गरिएको छ ।
त्यसैगरी बोर्डले धितोपत्र कारोबार हुँदा न्युनतम मूल्य परिवर्तनको सीमालाई समेत घटाएको छ। हल न्युनतम मूल्य परिवर्तनको सीमा १ रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको छ।

बोर्डले प्रारम्भिक सत्रमा भइरहेको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाइएको जनाएको छ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८) स्वीकृत गरेको छ।

यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यन्वयनमा ल्याउने बोर्डले जनाएको छ ।

May be an image of text

वि.सं.२०७८ असार १० बिहीवार १४:१८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...