
१० असार, काठमाडौं । भारतमा बुधबार ५४ हजार २८६ जना कोरोना संक्रमित थपिएका छन् ।
केही सातादेखि निरन्तर घट्दै गएको यो संख्या बुधबार झण्डै ६ हजारले बढेको हो ।
त्यसैगरी बुधबार भारतमा १३२३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको यो संख्या पनि सोमबार भन्दा बढी हो । साथै सोहि अवधिमा ६९ हजार १३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या निरन्तर बढीरहेको छ ।
त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । सोहि अवधिमा २ करोड ९० लाख कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३ लाख ९२ हजारको मृत्यु भएको छ । हाल ६ लाख २१ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
वि.सं.२०७८ असार १० बिहीवार १५:०० मा प्रकाशित