back

कुर्मीको हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

वि.सं.२०७८ असार १० बिहीवार

354 

shares
GLOBAL IME AD
NTC AD

१० असार, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार रहेका छन् ।

सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा बिजयको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेकोले बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कुटपिट गरेको, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनै जना मिलेर घाँटी कसेर हत्या गरेपश्चात पोखरीमा शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

वि.सं.२०७८ असार १० बिहीवार १५:१८ मा प्रकाशित

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

जिपको ठक्करबाट वृद्धको मृत्यु

जिपको ठक्करबाट वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल...

प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

घोराही (दाङ) । यहाँको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी...

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीय

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीय

तानसेन (पाल्पा) । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती...

महिलालाई रोजगारी दिँदै नगरपालिका

महिलालाई रोजगारी दिँदै नगरपालिका

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन...

‘क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक’

‘क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक’

भैरहवा (रुपन्देही) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको...