back
CTIZAN AD

बाग्लुङमा कालो ढुसी रोकथाम कार्ययोजना तयारी गरिँदै

वि.सं.२०७८ असार १० बिहीवार

687 

shares

१० असार, बलेवा । आँखामा लाग्ने कालो ढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ ।

कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो । कालो ढुसीको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले कालो ढुसीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो ।

बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । “भारत लगायतका देशमा महामारीको रुपमा फैलिएको यो रोग नेपालमा भित्रिने सम्भावना छ”, पौडेलले भने, “कोरोना महामारीको जस्तो पूर्व तयारी बिना यो रोगसँग बच्न कठिन छ ।”

नगरपालिकाले आधारभूत स्वास्थ्यको जिम्मेवारी लागू गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए। शव बहान निरन्तर सञ्चालनदेखि हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने कार्यक्रम स्वास्थ्य क्षेत्रमा समावेश छन् ।

“गरिबसँग मेयर ऋषिराम” कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने नीति लिएको पौडेलले बताए ।

जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शय्याको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ । नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारोन्नति गरी पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बस पार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएका छन् ।

मासुका लागि चिस्यान केन्द्र निर्माण, जडिबुटी खेती प्रवद्र्धन कार्यक्रम, एक वडा तीन उत्पादन, युवा व्यवसायी प्रवद्र्धन कार्यक्रमलाई जोड दिईएको पौडेलले बताए ।

भगत सर्वजीत सीप रोजगार प्रवद्र्धन कार्यक्रम आउँदो आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ । कला सहित्य, सूचना प्रविधि, युवा खेलकुद र छाडा कुकुर नियन्त्रण सम्मका कार्यक्रम नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।
रासस

वि.सं.२०७८ असार १० बिहीवार १५:५९ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...