back
CTIZAN AD

‘जेठ २’ मा फर्काउने घोषणा गरेका ओलीले किन बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक ?

वि.सं.२०७८ असार १३ आइतवार

627 

shares

असार १३, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । आइतबार आफुँ पक्षीय एमालेको स्थायी समिति बैठक राख्दै उनले आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ । केहि महत्वपूर्णं राजनीतिक निर्णयहरु लिनुपर्ने भएकाले बैठक डाकिएको उनले बताए ।

‘पार्टी स्थायी कमिटीको नवौँ बैठक भर्खरै सम्पन्न भएको छ, बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरु र राष्ट्रिय राजनीतिका विभिन्न विषयमा छलफल गरेका छौँ’, बालुवाटार बैठकपछि उनले भनेका छन्र्, यिनै विषयमा केही निर्णयहरु गर्न आवश्यक भएको र अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आउने असार १६ गते बोलाइएको छ ।’

उनका अनुसार आजको बैठकले पार्टी सदस्यता नवीकरणको कामलाई पनि तिव्रता दिने निर्णय गरेको छ ।

बैठकमा सर्वोच्चको पछिल्लो आदेश (कर्णाली प्रकरण)का सन्दर्भमा पनि गम्भीर छलफल भएको प्रवक्ता ज्ञवालीले बताए । उक्त आदेशका विरुद्व कानुनी रुपमै प्रतिवाद गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । हाल उक्त आदेशका विरुद्व एमाले भ्याकेटमा गएको छ ।

प्रश्नमा छ ओलीको कदम

गत जेठ २७ मा सर्वोच्च अदालतले ओली पक्षीय महाधिवेशन आयोजक कमिटीले कारबाही गरेका कर्णाली प्रदेशका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । अदालतले आदेश उक्त दिँदै गर्दा ओलीले गठन गरेको महाधिवेशन आयोजक कमिटीलाई नै ‘अवैद्य’ भएको ठहर पनि गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार आयोजक कमिटीको वैद्यतामाथि सर्वोच्चले प्रश्न उठाएको थियो । तर, ओलीले पुनः सोही आयोजक कमिटीको बैठक बोलाएका छन् ।

एकातिर जेठ २ मा पार्टी संरचनालाई फर्काउने घोषणा गरेका ओलीले अर्कोतिर अदालतले अवैद्य भन्दै प्रश्न उठाएको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । जसलाई अर्थपूर्णं रुपमा लिन सकिन्छ ।

वि.सं.२०७८ असार १३ आइतवार १२:५५ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...