back
CTIZAN AD

कांग्रेस नेता ठकुरीद्धारा  प्रश्न, कति मानिस फर्काउन सक्यौं  ?

वि.सं.२०७८ असार १७ बिहीवार

1.3K 

shares

१७ असार, हातेमालेचोक पर्वत । नेपाली कांग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले महाशिला गाउपालीका पर्वतको बितरणमुखि बजेटप्रति कडा रोष प्रकट गरेका छन ।

सो पालीकाको आर्थिक बर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रम र बजेटप्रति टिप्पणी गर्दै उनले गाउपालीका नेतृत्वबाट शकुनीपासा खेलिएको आरोप समेत लगाएका छन ।
प्राकृतिक श्रोत र साधनको प्रयोग गरी नमुना बिकास गरेको भन्दै प्रचारमा आएको तथा गाउफर्क प्याराप्यारी लगायतका कार्यक्रम नारा मात्रै बनेको र मानिस फर्कनुको सटटा बिस्थापित भएको खुलासा गरेका छन ।
पालिकाको बजेट र श्रोत साधन निश्चित पार्टी र दलको बनाइएका प्रति उनले संजालमार्फत यसरी आपत्ति प्रकट गरेका छन ।

 महाशिला गा. पा. को आर्थिक बर्ष २०७८/७९ नीति तथा कार्यक्रम सुन्ने र बुंदागत रुपमा पढ्ने मौका सामजिक संन्जाल मार्फत पाए । स्थानिय सरकार हरेक देश मा पृथक पृथक प्रकृतीका आकार र प्रकार हुन्छ्न । स्थानिय सरकार ले वास्तविक गाउँ घर परिवार र ब्यक्ति को जनजीबन संग प्रत्यक्ष रुप मा काम गर्नुपर्न हुन्छ। तर महाशिला गा. पा. बजेट रुप रेखा हेर्दा शुरु को बर्ष अंकगणीत को रुप धारण गरेर आफनो स्रोतअनुसार आफै कमाउने किसिम अनुसार , त्यसपछि को बजेट बीजगणीत को रुप मा स्थानीय सरकार ले घोषणा गर्यो आफनो कार्यकर्ता मुखी समिती निर्माण गरि आफू अनुकुल को समिती बनाएर कमीशन खाने बहुदलीय जनवादको अध्ययन गर्ने ? रसियन समाजबाद को नारा दिएर परेड खेलाएर गोष्ठी , तालिम मा गयो ?
  अहिले को बजेट २०७८/७९ बजेट ज्यामितिय आकार मा लगिए को छ ।समकोण सिधा कोण आसन्नकोण हो कि के कोण हो ? आफनो मातहत को कृषि र पशु को बजेट सेबा प्रदायक संस्था लाई दिएर जनता को छाती माथी नाङगो नाच नाचेको छ ।स्थानिय सरकार को यो योजन नितान्त जनमुखी नभएर स्वार्थमुखी छ उत्पादन मुखी नभएर बितरण मुखी छ । शिक्षा क्षेत्रमा कुन कुन प्रविधि सीप मा शिक्षा दिने हो स्पष्ट खाका हुनु पर्यो गाउँ बाट धेरै जनता शिक्षा को कारणले बिस्थापित हुनु परेको छ। त्यस बारेमा स्थानीय सरकार ले नयाँ आयम लिएर बहस मा जानू प्रथ्यो धेरै जनता को मानसपटलमा भएको अग्रेजी मोहलाई ध्यान संग मनना गरेर छुट्टै सामुदायिक अबधारण मा जान सकिन्थ्यो सीप मुलक शिक्षा को कुरा गर्दा बाली बिज्ञान को विद्यार्थी लाई प्रयोग गरेर कृषि गुणात्मक नभए पनि तुलनात्मक परिबर्तन सजिलो संग आउँदा जनतामा उत्साह राहत को अनुभव हुने थियो । आइ एन जि ओ दिनु भन्दा त्यो बाटो सजिलो थियो हामी सानो हुँदा बिधालय मा राजा बिरेन्द्र को वाणी अध्ययन गरेको याद छ ।हाम्रो देश हाम्रो गा. पा. को भाग्य निर्माता हामी आफै हो र अरु कोही होइन यस मा ब्यापक छलफल र बहस हुनु पर्न थियो स्थानीय सरकार को एकलौटी मनोमानी ले गर्दा यी कुरा गौण रह्यो समय मा जनता लाई ढाट्ने कति क्षमता आफै संग नहुना सक्छ त्यो अरुसंग पनि खोज्नु पर्थ्यो त्यो स्थानिय सरकार चासो पटक्कै देखीएन । कृषि, पसु, रैथाने कुरा कति पनि जोड छैन यो बजेट मा स्वास्थ्य को कुरा गर्दा स्वास्थ्यकर्मी लाई अनुभव अनुसार काम गर्न दिइएको छैन सुत्केरी ले उपचार नपाउने भाले र घ्यु संग स्वास्थ्यकर्मी जानू पर्न अबस्था छ।                            साथीहरु भन्नु हुन्छ गाउँ फर्क प्यारा प्यारी खुब राम्रो कार्यक्रम तर म भन्छु कति प्यारा प्यारी यहाँहरु कार्यक्रम ले प्रभावीत भएर गाउँ आउनु भो ? तर स्थानिय सरकार तपाइँहरु को गैह्रजिम्मेवार ले गर्दा धेरै गाउँबासी जनता बसाइँ सराँइ लिएर हिडनु भएको छ। यस कुरा मा बहस हुनु पर्छ कि पर्दैन ? म गर्छ कुरा जनता को घर को धारा को गाग्रो को स्थानीय सरकार कुरा गर्छ आग्रा को ताजमहल को ? महाशिला स्थानीय सरकार ठुला ठुला योजना को कुरा गर्छ तर आत्मनिर्भरता भन्दा परनिर्भरता बढेको देखेको छैन यो बिषय मा बहस गर्न चाहन्न । सामजिक बिकाश आर्थिक बिकाश पुर्बधार मा पनि बिधि सम्मत भन्दा पनि बहुलठी तरिकाले चलेको छ । सामजिक सुरक्षा भत्ता सामजिक न्याय को बारेमा पनि बिस्वले प्रतिपादन गरेको सिद्धान्त भन्दा छुट्टै किसिमले चलेको छ। रोजगार को बिषय गाउँपालिका स्वंयमसेबक रोजगार ले कति जनता को चुल्हो चौको शिक्षा मा कति प्रभाव पार्यो यो बारे मा बहस हुनु पर्छ कि पर्दैन ।दक्षता क्षमता अनुभव नहेरी कार्यकर्ता को मुख हेर्नाले आज रोजगारी मा भन्दा खेताला जान लागे? यो बिषय मा बहस हुने कि नहुने?सामजिक सुरक्षा भत्ता अन्तरगत बिदुर भत्ता को आधार के के हुन ।कुन आधार मा दिने हो ?
         अपांग लाई बिहान बेलुका को १ छाक खाना को कुरा छोडौ चिया खाना नपुग्ग्ने भत्ता मापन गरेर अपांग लाई हासो को पात्र बनाइएको छ । खाद्यान्न सुरक्षा बारे केही किन राखीएन धर्मभकारी को संरक्षणमा केही देखिएको छैन । कुन दीर्घकालीन कुन अल्पकालीन केहीभिन्नता छैन ।आधारभुत आबस्यकता बारे बजेट मा केही तारतम्य छैन । आज भन्दा ४ बर्ष पहिले मैले दैनिक उपभोग्य बस्तु को मुल्य को निर्धारण गर्नु पर्छ भन्दा अहिले ४ बर्ष पछि मुल्य निर्धारण गरेको छ। स्थानीय सरकार ले प्रशासकिय भवन को कुरा म पनि गाउँ गाउँ को जनता को बिच फाटो ल्याउने काम गरेको छ । यो बजेट मा महाशिला को जनता आधारभुत आबस्यकता पूरा गर्न सक्दैन ।बिधालय प्रशासन लाई बिधालय ब्य.समिती लाई संमनय नगिरी स्थानीय सरकारबाट प्रशिक्षीत शिक्षक मूल्याकंन गर्न गएको जस्तो भएको छ बजेट कत्तै जाला त साहु को आउला त बाहुको भनेर शकुनी पासा त खेल्नु भएको त छैन ? जननी जन्म भुमी स्वर्गादापी गरियसी , महाशिला माटो लाई स्पन्द्न गर्ने सब जनता लाई जन्म भुमी प्राण भन्दा प्यारो माया छ । यो निर्जीव स्थानिय सरकार लाई सजीव बनाउने हाम्रो कर्तव्य हो हाम्रो जिम्मेवारी हो त्यस कारण गलत प्रबित्रीको बिरोध गरौ ।
जय नेपाल
जय महाशिला

वि.सं.२०७८ असार १७ बिहीवार ०९:५६ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...