back
CTIZAN AD

दश टुक्काहरु

वि.सं.२०७८ असार १९ शनिवार

822 

shares


समाज हाम्रो ढाडस दिनुस् समात्न कलम,
कुरिती सबै निर्मूल भइ लाग्नेछ मलम ।

पढ्न पाए अगाडि बढी पुग्नु छ टाकुरा,
प्रयास गरौं छोरीको हुन्छ सबल पाखुरा ।

निमोठ्नु हुन्न भावना उन्को बालिका कलिलो,
उन्मुक्त सोच राखेर सधैँ बनाऊ मलिलो ।

प्रत्येक घर सन्ततीलाई दिनुहोस् संस्कार,
घटना आफै बिस्तारै घटी हट्छ अत्याचार ।

कलिलो नानी लुटिए पछि बराबर् आहत,
घरको साँढे बाँधेर अब दिनुहोस् राहत ।

आगामी दिन नपरोस् सुन्न खबर दैनिक,
खटिन्छन् जतै बलात्कारीको खोजमा शैनिक ।

न्यायका मूर्ति बनाऔँ कडा कानुन विधान,
घटनाक्रम अतिनै बढ्यो हुनु छ निदान ।

बालिका कतै स्वतन्त्र छैनन् मच्चेको उदण्ड,
त्यो सेखी झार्दै तोडिनु पर्छ पुरुष घमण्ड ।

समान हक छोरी को दिनुस् फेरियो समय,
अनुभूत् गरौँ समानताको हुनेछ उदय ।
१०
नसकोस् राख्न नजर गिद्दे गाडेर तुनामा,
अपराधीको कठालो तानी राखियोस् थुनामा ।

छोरी बचाउँ आग्रहमा लोक लय झ्याउरे छन्दका १० टुक्काहरु

वि.सं.२०७८ असार १९ शनिवार ०७:०३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...