कुनै सङ्केत पक्कै दिन्छ शङ्काको निसानीले
दिएको हुन्छ आगोको छनक प्रस्टै खरानीले
मलाई बिग्रिने बाटो देखायौ स्वार्थका लागि
तिमी बिग्य्रौ नराम्रोसँग कि आफ्नै दुष्ट बानीले
कहाँ होला र उत्पादन बिना खनजोत बारीमा
छ उर्वर किन्तु जुन माटो भिजेको छैन पानीले
मलाई जिन्दगी व्यापारजस्तै लाग्न थाल्दै छ
म बिग्रेझैँ भएको छु अचेल आफ्नै लगानीले
छ दुर्जनको निकै फुर्ती उनैका हात छन् चल्ती
सधैं धोका छ पाएको यहाँ सच्चा इमानीले
बित्यो रात्रिप्रहर भन्दै घडी सङ्केत गर्दै छ
अँध्यारो अझ छ बाँकी नै भनेको किन बिहानीले
बहर– हजज मुसम्मन सालिम
कर्कान- 1222.1222.2222.1222
काफिया-आनी
तहलिली रदिफ-ले
वि.सं.२०७८ असार १९ शनिवार ०७:०५ मा प्रकाशित






























