back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २३२८ कोरोना संक्रमित, १९ जनाको मृत्यु

वि.सं.२०७८ असार १९ शनिवार

687 

shares

१९ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३२८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५८३७ पिसीआर र ४२९६ ऐन्टिजेन गरी १०,१३३ नमुना परीक्षणमा २३२८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ४९, ललितपुरमा ८१ र काठमाडौंमा २४६ गरी उपत्यकामा ३७६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा शुक्रबार भन्दा शनिबार संक्रमित हुनेको संख्या केही कमी हो ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ४३ हजार ५८० जना र ऐन्टिजेन विधिबाट ३७ हजार ५५६ गरी कूल ६ लाख ९७ हजार ६५८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३०६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३०६६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.३ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका १९ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,१९८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २७ हजार ७१६ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २४ हजार ६७५ र संस्थागत आइसोलेशनमा ३०४१ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६२७ र भेन्टिलेटरमा १८१ जनाको उपचार भइरहेको छ ।

आज देशैभरी थपिए कोरोनाका २२९९ संक्रमित, ३४ जनाको मृत्यु

वि.सं.२०७८ असार १९ शनिवार १८:३२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...