back
CTIZAN AD

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

वि.सं.२०७८ असार २२ मंगलवार

816 

shares

२२ असार, जेरुसेलम (रासस÷सिन्ह्वा) । इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ ।इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरूलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ ।

विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरूको भनाइ छ ।

इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।

इजरायलको शिक्षा मन्त्रालय अन्तर्गतको चिनियाँ भाषा अध्यापन प्रमुख तामर कोहेन केहाटले सन् २००९ मा इजरायलका १० विद्यालयमा चिनियाँ भाषा अध्ययन गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए ।

अहिले भने देशभरका प्राथमिक, माध्यमिक र उच्च विद्यालय गरी ४० विद्यालयमा तीन हजार विद्यार्थीले अध्ययन गरिरहेको पनि उनले बताए ।

पछिल्लो दशक चीन र इजरायलबीचको सम्वन्ध पनि बलियो बन्दै गइरहेको छ भने त्यसको प्रत्यक्ष असर इजरायलमा चिनियाँ भाषा सिकाइमा पनि परेको छ ।

दुई देशका वीचमा पछिल्लो समय धेरै क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान भइरहेको कुटनीतिज्ञहरूले बताएका छन् ।

वि.सं.२०७८ असार २२ मंगलवार ०७:०७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...