back
CTIZAN AD

जर्मनीले विदेशी पर्यटक माथि लगाएको प्रतिबन्ध हट्ने

वि.सं.२०७८ असार २२ मंगलवार

519 

shares

२२ असार । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ ।

दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ । खोप नलगाएका व्यक्तिले पनि क्वारिन्टीनमा बसेको पाँचौँ दिनमा परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँडडुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ ।

बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो । सुरुमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिमयुक्त प्रजातीका रूपमा वर्गीकरण गरेको छ ।

महामारी नियन्त्रणका लागि ती मुलुकका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइएको भएपनि जर्मनीका नागरिक वा स्थायी बासिन्दाहरूमाथि प्रतिबन्ध लागु गरिएको थिएन तर उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने गरिएको थियो ।

यी पाँच राष्ट्रहरूलाई अब सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार ११:३९ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...