back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २६३४ संक्रमित, १५ को मृत्यु

वि.सं.२०७८ असार २२ मंगलवार

657 

shares

२२ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २६३४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७५०३ पिसीआर र ५०८२ ऐन्टिजेन गरी १२५८५ नमुना परीक्षणमा २६३४ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा २९, ललितपुरमा १०५ र काठमाडौंमा ३६५गरी उपत्यकामा ४९९ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा सोमवारको तुलनामा मंगलवार संक्रमित हुनेको संख्या केही घटेको हो ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३५ लाख ९६ हजार ९०२ वटा नमुना परीक्षणमा ६ लाख ८७ हजार ९९५ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १५६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५६५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १५ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,२६३ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ८२५ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २२ हजार ९६९ र संस्थागत आइसोलेशनमा २,८५९ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५६७ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ । आइतबारको तुलनामा सोमबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही घटेको छ ।

आज २६२२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

वि.सं.२०७८ असार २२ मंगलवार १७:०२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...