back
CTIZAN AD

लगातार वर्षाका कारण कोशी राजमार्गका माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध

वि.सं.२०७८ असार २२ मंगलवार

705 

shares

२२ असार, खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताए।

उक्त सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ । श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन् ।

यस्तै, पहिराले खाँदबारी किमाथाङ्का सडकअन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिराले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो ।

उता सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिराबाट एक घर पुरिएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिराले घरमा क्षति पुग्नाका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए ।

आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पहिराबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए। त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १७:०८ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...