back
CTIZAN AD

बुधबार पुनः बस्ने गरी सकियो एमाले कार्यदलको बैठक,के-के विषयमा भए त छलफल ?

वि.सं.२०७८ असार २२ मंगलवार

651 

shares

२२ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक बुधबार पुनः बस्ने गरी सकिएको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषलद्को कार्यालयमा मंगलबार दिउँसो बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालवीच उब्जिएका असहमतिका विषयमा व्यापक छलफल गरिएको तथा वैठक सकारात्मक बनेको कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका छन् ।

विष्टले अहिलेसम्म भएका घटनाक्रमका बारेमा छलफल गर्दै बुधबार बिहान ८ बजे बैठक पुनः बस्ने गरी आजको वैठक अन्त्य गरिएको जानकारी दिएका छन् ।

‘आजको बैठकमा कहाँ कहाँ असहमति छन् भन्ने कुरा राख्यौं । छलफल सकारात्मक छ । भोली फेरि बैठक बस्छौं ।’ बैठकपछि विष्टले भने ।

पार्टीभित्रका समस्याहरु समाधानका लागि जेठ २ गते गठित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् भने माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

पार्टीभित्र विवाद चर्कदै गएपछि समस्या समाधानका लागि लागेका नेताहरुले सोमबार कार्यदल व्यूँत्याएर औपचारिक रुपमै छलफल सुरु गरेका छन् । आज बसेको कार्य दलको बैठक चौथो हो ।

एमाले कार्यदलको बैठक चलिरहेको बेला माधवलाई भेट्न किन पुगे प्रचण्ड ?

वि.सं.२०७८ असार २२ मंगलवार १७:१७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...