back
CTIZAN AD

सामाजिक सुरक्षा कोषविरुद्ध सर्बोच्चको कारण देखाऊ आदेश

वि.सं.२०७८ असार २३ बुधवार

708 

shares

२३ असार, काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेश जारी गर्न माग गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रियो बैंक तथा वित्त क्षेत्र

सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउन भन्दै बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनेको छ । अन्तरिम आदेशका बारेमा दुवै पक्षको छलफल हुन आवश्यक देखिएको भन्दै एकल इजलासले सरकारलाई अर्को छलफलमा उपस्थित हुन भनेको हो । सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको छ ।

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रियो बैंक तथा वित्त क्षेत्र

सामाजिक सुरक्षा कोषले असार महिनाभित्र कोषमा आवद्ध हुन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा छन् । उनीहरुले आफ्नो पेशा व्यवसायमा असर पर्ने गरि जबर्जस्ती कोषमा आवद्ध गराउन नमिल्ने जिकीर गर्दै आएका छन् ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको आन्दोलन, बैंकर्स संघले सहजिकरण गर्ने

उनीहरूले यो कोषमा आवद्ध हुन जबर्जस्ती गरिएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गरेका थिए । साउनदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले त्यसअघि नै अन्तरिम आदेशको माग गर्दै कर्मचारीहरुले अदालतको ढोका ढक्ढकाएका थिए ।

‘यहि अवस्थामा सामाजिक सुरक्षा कोषमा प्रवेश गर्न सक्दैनौं’

वि.सं.२०७८ असार २३ बुधवार ११:२९ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...