back
CTIZAN AD

वन संरक्षण हुन थालेपछि चोरी सिकारीमा कमि

वि.सं.२०७३ फागुन ४ बुधवार

816 

shares

४ फागुन,पाल्पा। वन क्षेत्रको संरक्षण एवम् प्रवद्र्धनमा समुदायले नेतृत्व लिन थालेपछि यस क्षेत्रबाट हुने वनजन्तु तथा वन पैदावारकोे चोरी निकासीमा कमि आएको छ ।

सामुदायिक वन समन्वय समिति, दोभानले वन संरक्षण गर्न थालेपछि चोरी निकासीमा कमि आएको हो ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएका दोभानमा यसअघि वन्यजन्तु तथा वन पैदावर ठूलो मात्रा चोरी निकासी हुँदै आएको थियो तर वन संरक्षणमा समुदायले नेतृत्व लिन थालेपछि यहाँको वनबाट हुने चोरी निकासीमा अत्यधिक कमि आएको हो ।

गाउँ बस्तीमा नदेखिएका पंक्षीसमेत अहिले वन क्षेत्रमा देखिन थालेपछि स्थानीय बुढापाका दङ्ग छन् । समुदायले नै वन क्षेत्रको संरक्षणमा लागेका कारण अहिले गाउँबाट वन्यजन्तु तथा सालका काठको चोरी तस्करी हुन नपाएको सामुदायिक वन समन्वय समिति, दोभानका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

वनक्षेत्र संरक्षण हुन थालेपछि अहिले वनमा चितुवा, मृत, बँदेल, हरिण, थार, वन कुखुरा, बाँदरलगायतका वन्यजन्तु प्रसस्त देखिन थालेको स्थानीयले बताएका छन् ।

वनक्षेत्र संरक्षण भएसँगै यहाँ जङ्गली जनावरको आश्रयस्थल वनको हो । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डअन्तर्गत दोभान प्रहरी चौकी नजिकै अहिले वन कुखुरा साँझ बिहान प्रसस्त देखिन थालेको स्थानीय बताउँछन् ।

स्थानीय बासिन्दा चक्रब्यूह थापाले हराभरा वनले यस क्षेत्रबाट विस्तारै हराएका जनावर अहिले देखिनु सुखद् पक्ष रहेको बताउनुभयो । पाल्पाको गोठादी र दोभान गाविस बाघको यात्रा गर्ने स्थलका रुपमा लिइन्छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ पाल्पाका सचिव श्रीकृष्ण आत्रेयले पाल्पामा ६१२ वन समुदायको रेखदेखमा संरक्षण हुन थालेपछि वन्यजन्तु, काठ तथा जडीबुटी चोरी निकासी हुन रोकिएको बताउनुभयो ।

वन हराभरा र वन्यजन्तुको बास स्थान बन्दै जानु समुदायका लागि फाइदा हो । वन संरक्षण गरेबापत समुदायले घाँस, दाउरा र काठको उपभोग गर्न पाएपछि स्थानीय पनि खुसी छन् ।

वि.सं.२०७३ फागुन ४ बुधवार ०६:३७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...